१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

चितवनका तरकारी किसान संकटमा: लागत मूल्य पनि नपाउँदा बारीमै उत्पादन छाड्न बाध्य

चितवनका तरकारी किसान संकटमा: लागत मूल्य पनि नपाउँदा बारीमै उत्पादन छाड्न बाध्य
file
अ अ+ अ-

काठमाडौं । चितवन जिल्लामा व्यावसायीक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य समेत पाउन नसकेपछि यहाँका किसानहरु चिन्तित बनेका हुन् ।

विगत २० वर्षदेखि व्यावसायीक तरकारीखेती गर्दै आउनु भएकी भरतपुर महानगरपालिका–२५ बुद्धिचोककी लक्ष्मी रानाभाट अहिले बोडी, काँक्रो, चिचिन्ना, करेलालगायतका तरकारीले उचित मूल्य पाउन नसकेको बताइन् ।

उनले भनिन्, “अधिकांश तरकारी प्रतिकिलो रु पाँचमा बेच्न बाध्य छौं ।” बाह्र विगाह क्षेत्रफलमा तरकारी खेती गर्दै आउनु भएकी उहाँ तरकारीले उचित मूल्य नपाउँदा आफूलगायतका किसान मारमा परेको बताइन् । उनका अनुसार अहिले किसानले तरकारी बारीमै छाड्न बाध्य भएका छन् । मजदुरलाई दिने पैसा समेत उठ्न नसकेको उनको भनाइ छ । यस्तै गुनासो किसान सुमिना थापाको पनि छ । उनले २ विगाह क्षेत्रफलमा तरकारीखेती गर्दै आएकी छन् ।

उनको बारीमा अहिले तने बोडी, काँक्रा चिचिन्डा जस्ता तरकारी लगाउँदै आएकी छन् । उनले अहिले १० कठ्ठा जग्गामा लगाएको बोडी टिपेर मूल्य नपाए पछि त्यतीकै राख्नु भएको छ । उनले भनिन्  “तरकारीले मूल्य पाउन सकेन बिचौलीया मोटाएको देखियो ।” किसान र उपभोक्ताबीचको मूल्यको अन्तर ठूलो भएपछि किसानहरुले तरकारी बिक्री गर्न सकेका छैनन् ।

उहाँका अनुसार लागत मूल्य समेत नपाउने भएकाले किसानले मजदुर लगाएर तरकारी टिप्न पनि छाडेका छन् । तरकारीले उचित मूल्य नपाएपछि किसान संघर्ष समिति वनाएर प्रदर्शन गर्ने तयारीमा किसानहरु रहेको संघर्ष समितिका संयोजक ईश्वरी न्यौपानेले बताइन् ।

न्यौपानेले भनिन् “किसानसँग प्रतिकेजी रु ५ देखि १० मा किनेर उपभोक्ताहरुकोमा पुग्दा रु ७० देखि ८० मा बिक्री हुने गरेको छ ।”

आफूहरुले बजारमा उपभोक्ता मूल्य समेत बुझेको बताउँदै उहाँले अब किसानले बजारमा तरकारी नपाउनेसम्मका काम गर्ने तयारीमा रहेको बताइन् । बिउ, मल, बिषादी, जनशक्ति, सिंचाई, ढुवानीको लागत मूल्य समेत उठ्न नसकेको उनले बताइन् ।

राज्यले तरकारीको न्यूनतम समर्थन मूल्य तोक्न समेत उनले आग्रह गरिन् । आयातित तरकारीले बजार पाउँदा यहाँ उत्पादित तरकारीले मूल्य पाउन नसकेको उनको भनाइ छ ।

यहाँ तरकारी चिस्यान केन्द्र स्थापना गर्न सके उत्पादित तरकारीले मूल्य पाउन सक्ने उनले जानकारी दिइन् । राष्ट्रिय कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई चितवनका अनुसार अहिले जिल्लामा तरकारी जोनका रुपमा ७७० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिंदै आइएको छ । जहाँ एक हजार कृषक सहभागी भएका छन् । अहिले बजार मूल्य नपाउँदा किसानहरु चिन्तित बनेको इकाईका प्रमुख महेश रेग्मीले बतााइन् ।