२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १२ को परीक्षा देशभर सुरु, ४ लाख १८ हजारभन्दा बढी परीक्षार्थी सहभागी



अ+ अ-

काठमाडौँ । कक्षा १२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका छन् ।

बोर्डले निर्धारण गरेको तालिका अनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भइरहेको छ । देशभरका सबै परीक्षा केन्द्रहरूमा एकै समयमा परीक्षा सुरु गरिएको हो ।

परीक्षा मर्यादित, व्यवस्थित र शान्त वातावरणमा सञ्चालन गर्न सम्बन्धित निकायहरूले आवश्यक तयारी गरेका छन् । बोर्डले परीक्षार्थीहरूलाई परीक्षा सुरु हुनुभन्दा कम्तीमा आधा घण्टा अगाडि नै परीक्षा केन्द्रमा पुग्न अनुरोध गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको करिब डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको पनि जनाएको छ । यससँगै विद्यार्थीहरू अब नतिजा छिट्टै प्राप्त हुने आशामा रहेका छन् ।