२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानूनी अस्पष्टता र तहगत बजेट दोहोरोपनाका कारण संघीयताको प्रभावकारी हुन सकेनः माधव सापकोटा



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य माधव सापकोटाले कानूनी अस्पष्टता र तहगत बजेट दोहोरोपनाका कारण संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन् ।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सापकोटाले यस्तो बताएका हुन्। संविधानले सबै तहका सरकारलाई स्रोत–साधन उपयोगको अधिकार दिएको भएपनि त्यसअनुसार आवश्यक कानून नबन्दा अन्तरविरोध उत्पन्न भएको उनको भनाइ छ ।

उनले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले पूर्वाधार क्षेत्रमा एउटै प्रकृति र चरित्रको बजेट निर्माण गर्दा प्रभावकारिता घटेको टिप्पणी गरे । उनले शिक्षा, स्वास्थ्य र कृषिजस्ता क्षेत्रमा स्थानीय सरकारको बजेट केन्द्रित हुनुपर्ने र संविधानअनुकूल कानून निर्माणका लागि संघीय सरकारले अग्रसरता लिनुपर्नेमा जोड दिए।

सापकोटाले संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डै दुईतिहाइसहित नेतृत्व रहेको उल्लेख गर्दै इच्छाशक्तिका साथ काम गरे संघीयतासम्बन्धी धेरै समस्या समाधान हुन सक्ने धारणा राखे ।