१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

होस्टेल कार्यविधि २०८०ः सुधारको अन्तिम मौका दिँदै महानगरपालिका, नियम नमान्नेलाई बन्द गर्नेसम्मको कारबाही

होस्टेल कार्यविधि २०८०ः सुधारको अन्तिम मौका दिँदै महानगरपालिका, नियम नमान्नेलाई बन्द गर्नेसम्मको कारबाही
अ अ+ अ-
काठमाडौं । काठमाडौं महानगरपालिका ले ‘होस्टेल सञ्चालन व्यवस्थापन कार्यविधि, २०८०’ लागू गरेसँगै महानगरभित्र सञ्चालनमा रहेका होस्टेलहरूलाई नियमन र अभिलेखीकरणको दायरामा ल्याउने प्रक्रिया सुरु गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागका शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार हाल महानगरभर पाँचवटा अनुगमन उपसमितिहरू सक्रिय रहेका छन् । ती समितिमा वडा कार्यालय तथा व्यवसायी संघका प्रतिनिधिहरू समेत सहभागी छन् । महानगरले प्रशासनिक अवस्था, भौतिक पूर्वाधार, आर्थिक पारदर्शिता, खाद्यान्नको गुणस्तर, अभिलेखीकरण र विद्यार्थी कल्याणका विषयलाई केन्द्रमा राखेर अनुगमन गरिरहेको जनाएको छ ।

अनुगमनको मुख्य उद्देश्य होस्टेल बन्द गर्नु नभई सुधार गर्नु रहेको ज्ञवालीले स्पष्ट पारे। “दूरदराजबाट अध्ययनका लागि आएका विद्यार्थी अलपत्र नपरोस् भन्ने हाम्रो प्राथमिकता हो, त्यसैले व्यवसायीलाई क्रमिक सुधारको अवसर दिन्छौँ,” उनले भने

अनुगमनका क्रममा कतिपय होस्टेल महानगरमा दर्ता नै नगरी सञ्चालन भएको भेटिएको छ भने कतिपयमा न्यूनतम पूर्वाधारको समेत अभाव देखिएको छ । कमजोरी देखिएका होस्टेललाई निश्चित समयसीमा तोकेर सुधार गर्न निर्देशन दिइएको र कार्यान्वयन नभए कडा कारबाही तथा बन्दसम्मको प्रक्रिया अघि बढाइने महानगरले जनाएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. २९ का वडा सदस्य अनिलकुमार श्रेष्ठले अनामनगर क्षेत्रका होस्टेलहरूको स्थलगत निरीक्षण गर्दै स्वास्थ्य, सरसफाइ र आधारभूत सुविधा अनिवार्य रूपमा सुनिश्चित गर्न निर्देशन दिनुभयो । होस्टेल व्यवसायलाई केवल आम्दानीको माध्यम नभई संवेदनशील सेवामूलक क्षेत्रका रूपमा लिनुपर्ने उनको भनाइ छ ।

“विद्यार्थी बस्ने कोठामा झ्याल, हावापानीको उचित व्यवस्था र सफा वातावरण हुनैपर्छ,” उनले भने । साथै खानेकुराको गुणस्तरमा विशेष ध्यान दिन र सकेसम्म अर्गानिक खाद्य सामग्री प्रयोग गर्न उनले सुझाव दिए।

अनुगमनका क्रममा केही गम्भीर समस्या पनि देखिएका छन् । कतिपय होस्टेलमा भ¥याङको चेपमा समेत विद्यार्थी सुताउने गरिएको तथा झ्याल नभएका कोठामा बसोबास गराइएको गुनासो प्राप्त भएको छ । घरभाडा महँगो हुनु र विद्यार्थीको चाप घट्नु व्यवसायीका चुनौती भए पनि त्यसको बहानामा स्वास्थ्यमा सम्झौता गर्न नपाइने श्रेष्ठले बताए।

यो अनुगमन महानगरले पहिलो पटक फिल्डमै पुगेर थालेको हो । यसअघि नीतिगत छलफल भए पनि प्रत्यक्ष अनुगमनको अभावमा धेरै त्रुटि देखिएको उहाँले उल्लेख गरे। केही होस्टेलमा सुधारको संकेत देखिएको र आगामी दिनमा अनुगमनलाई निरन्तरता दिइने उनको भनाइ छ ।

यसैबीच, झापाको दमक घर भएकी विद्यार्थी स्वस्तिका श्रेष्ठले होस्टेल बसाइ अनुभव सकारात्मक रहेको बताएका छन् । अनामनगरस्थित एक होस्टेलमा बस्दै आएकी उहाँले मासिक १२ हजार रुपैयाँमा बसोबास, खाना तथा अन्य सुविधा पाउँदै आएको जानकारी दिए।

“खाना र सरसफाइ राम्रो भएकाले सुरुको चिन्ता अहिले हटिसकेको छ,” उनले भने । होस्टेलको वातावरण पारिवारिक र सहयोगी रहेको उहाँको अनुभव छ ।

होस्टेल व्यवसायी संघ नेपालका केन्द्रीय सदस्य दिनेश पराजुलीले महानगरको अनुगमन कार्यको स्वागत गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताए। लामो समयपछि सुरु भएको अनुगमनले अस्वस्थ प्रतिस्पर्धा घटाउने विश्वास उनले व्यक्त गरे।

पराजुलीका अनुसार अझै पनि केही व्यवसायी दर्ता नगरी सञ्चालनमा छन् । “नियमअनुसार चल्नेहरूलाई प्रोत्साहन र उल्लंघन गर्नेहरूलाई कारबाही हुनुपर्छ,” उनले भने ।

महानगरले ल्याएको मापदण्ड समग्रमा व्यवहारिक भए पनि महँगो भाडाका कारण लाइब्रेरी र खेलकुदका लागि पर्याप्त स्थान व्यवस्थापन चुनौतीपूर्ण रहेको उनले औंल्याए ।

काठमाडौं महानगरपालिकाले आइतबार अनामनगरस्थित महिला होस्टेलहरूको स्थलगत अनुगमन गरेको हो । महानगरको यो पहलले विद्यार्थीका लागि सुरक्षित र स्वस्थ वातावरण सुनिश्चित गर्नुका साथै होस्टेल क्षेत्रलाई व्यवस्थित र मर्यादित व्यवसायका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ ।