१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

‘बस्ती भत्काउँदा खुशी लागेको छ, तर हाम्रो बिचल्ली भयो’

‘बस्ती भत्काउँदा खुशी लागेको छ, तर हाम्रो बिचल्ली भयो’
अ अ+ अ-

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती हटाइएपछि विस्थापित भएका नागरिकहरूको पीडा अझै कम हुन सकेको छैन । कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रम मा अस्थायी आश्रय लिइरहेका उनीहरू अहिले अनिश्चित भविष्यको चिन्तामा दिन काटिरहेका छन्।

सिन्धुपाल्चोकका डम्बरबहादुर तामाङ २०६५ सालमा रोजगारीको खोजीमा काठमाडौं आएका थिए। वर्षौंदेखि मजदुरी गर्दै गुजारा चलाइरहेका उनी थपाथलीको सुकुम्बासी बस्तीमै बस्दै आएका थिए। तर महानगरपालिकाको डोजर चलेपछि उनी परिवारसहित आश्रय खोज्दै सत्संग भवनमा पुग्न बाध्य भए।

आर्थिक अभावका कारण बाल्यकालदेखि नै संघर्षपूर्ण जीवन बिताएका तामाङले शिक्षा पनि पूरा गर्न सकेनन्। सानै उमेरदेखि श्रममा लाग्नुपरेको उनी बताउँछन्। काठमाडौं आएपछि मजदुरी गरेर जीवन धानिरहेका उनको जीवनमा भूकम्पपछि स्वास्थ्य समस्या थपियो। घाँटीको रोगको उपचारका क्रममा लामो समय औषधि सेवन गर्नुपरेपछि उनले दृष्टि गुमाए। हाल तिलगंगा आँखा प्रतिष्ठान मा उपचारपछि देब्रे आँखाबाट सामान्य देख्न सके पनि दाहिने आँखा अझै बन्द छ।

उनकी श्रीमती पनि मुटुरोगबाट पीडित छिन्। परिवारको आयस्रोत अत्यन्तै कमजोर छ। ‘महिनाको ४–५ हजार कमाइ हुन्थ्यो, अहिले त त्यो पनि छैन,’ तामाङ भन्छन्। बस्ती हटाउँदा आफूसँग भएका थोरै सामानसमेत जोगाउन नसकेकोमा उनी दुःखी छन्।

यद्यपि, उनी सुकुम्बासी बस्तीमा रहेको विकृति हटाउनुपर्ने पक्षमा छन्। पहुँचवालाहरूले सुकुम्बासीको नाममा सुविधा लिएको तर वास्तविक गरिबले नपाएको उनको गुनासो छ। ‘त्यस्तो गलत प्रवृत्ति हटेकोमा खुशी छु, तर हामीजस्ता पीडितलाई राज्यले हेर्नुपर्छ,’ उनले भने।

उता, २०६३ सालदेखि सोही क्षेत्रमा बसोबास गर्दै आएकी नीलम थापा पनि अहिले सत्संग भवनमै आश्रित छिन्। माओवादी द्वन्द्वका कारण गाउँ छाडेर काठमाडौं आएकी उनीले लामो समयदेखि त्यहीँ संघर्ष गर्दै आएकी थिइन्। तर बस्ती हटाइएपछि उनी झनै समस्यामा परेकी छिन्।

उनको परिवारमा आठ सदस्य छन्। कान्छा छोराको उपचारका क्रममा मृत्यु भएको पीडा अझै ताजा छ भने जेठो छोरा पनि अहिले बेरोजगार बनेका छन्। ‘हामीलाई नेताहरूले आश्वासन मात्र दिए, तर व्यवहारमा साथ दिएनन्,’ उनी भन्छिन्।

नीलमका अनुसार यसअघि पनि बस्ती हटाउँदा कुनै सहयोग नपाएको अनुभव छ। बाढी जस्ता विपद्का बेला समेत राज्यको उपस्थिति नदेखिएको उनले गुनासो गरिन्। अहिलेको विस्थापनपछि पनि भविष्य अन्योलमै रहेको उनको भनाइ छ।

यसबीच काठमाडौं महानगरपालिकाले थापाथली, गैरीगाउँ र शान्तिनगर क्षेत्रका नदी किनार तथा सार्वजनिक जग्गामा बनेका अव्यवस्थित संरचना हटाएको जनाएको छ। नेपाल प्रहरी र महानगर प्रहरी बलको सहयोगमा बस्ती हटाइएको हो।

महानगरका अनुसार हालसम्म १४४ परिवार सम्पर्कमा आएका छन्। विस्थापितमध्ये केहीलाई कीर्तिपुरस्थित सत्संग व्यास आश्रममा राखिएको छ भने केहीलाई बालाजु क्षेत्रका होटलहरूमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ। केही परिवार आफन्तकहाँ वा अन्यत्र कोठा खोज्दै बाहिरिएका छन्।

विस्थापितहरूको घरायसी सामानहरू दशरथ रंगशाला र सत्संग आश्रम परिसरमा सुरक्षित रूपमा राखिएको महानगरले जनाएको छ। पुनर्स्थापनाका लागि विवरण संकलन तथा खोजी कार्य जारी रहेको बताइएको छ।

तर डम्बरबहादुर र नीलमजस्ता पीडितहरू भने तत्काल राहत, आवास र जीविकोपार्जनको स्पष्ट योजना माग गर्दै राज्यको ध्यानाकर्षण गरिरहेका छन्।