२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द



अ+ अ-

काठमाडौं । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा बन्द भएको छ । भोजपुर नगरपालिका–५, बोखिमस्थित चाल्से खोल्सामा शनिबार राति आएको बाढीले मोटरेबल पुल बगाएपछि उक्त सडक खण्डमा यातायात सेवा ठप्प बनेको हो ।

बहाव तीव्र भएका कारण बाढीले पुल बगाएको स्थानीयले बताए । पुल बगेसँगै मध्यपहाडी लोकमार्गसँग जोडिने यो सडक खण्ड अवरुद्ध हुँदा दैनिक आवतजावतमा समस्या भएको छ । उक्त सडक बन्द भएपछि स्थानीय उत्पादन बजारसम्म पु¥याउन समस्या भएको छ ।

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए।

“बाढीले पुल बगाएपछि वैकल्पिक उपाय खोज्दै छौँ, अस्थायी रूपमा सडक सञ्चालन गर्ने प्रयासमा छौँ”, उनले भने ।

सडक डिभिजन कार्यालय तुम्लिङटारले प्राविधिक टोली खटाएको जनाएको छ । टोलीले क्षतिको स्थलगत अध्ययन गरिरहेको र अस्थायी रूपमा सडक सञ्चालन गर्ने विकल्पबारे छलफल गरिरहेको छ ।

डोजर तथा अन्य उपकरण प्रयोग गरी सडक मर्मत तथा वैकल्पिक बाटो निर्माणको प्रयास भइरहेको छ ।