२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फलामखानीको थप अनुसन्धान गरिँदै



अ+ अ-

काठमाडौं । खानी तथा भूगर्भ विभागले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिका–५ स्थित धौवादीमा करिब दश करोड मेट्रिकटन फलामको कच्चा पदार्थ (धाउ) रहेको प्रक्षेपण गरेको छ ।

विभागका विज्ञले विभिन्न चरणमा गरेको अध्ययन तथा अनुसन्धानबाट स्थानीय नाम्जाकोटदेखि धौबादी क्षेत्रसम्म फैलिएको करिब १० किलोमिटर भूभागमा फलामको ‘विलेड’ पाइएको हो । फलामको व्यावसायिक उत्पादन गर्ने उद्देश्यले ‘धौवादी फलाम कम्पनी लिमिटेड’ स्थापना गरिएको छ ।

कम्पनीले फलाम भण्डारको थप अनुसन्धान गरिरहेको जनाएको छ । करिब ४१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको उक्त फलाम खानीबाट ६० वर्षसम्म दैनिक एक हजार ५०० टन फलाम उत्पादन गर्ने क्षमता रहेको कम्पनीका निर्देशक शैलेशकुमार थापाले जानकारी दिए ।

उक्त परियोजनाबाट वार्षिक पाँच लाख टन फलामजन्य वस्तु उत्पादन गर्न सकिने भन्दै उनले त्यसले देशको मागको करिब २५ प्रतिशत आयात प्रतिस्थापन गर्ने बताए । हाल खानी सञ्चालनपछि वातावरणमा पर्ने असरबारे पर्यावरणीय प्रभाव मूल्याङ्कन भइरहेको निर्देशक थापाले बताए  ।

विस्तृत परियोजना रिपोर्टको काम छिट्टै सुरु हुने पनि उहाँले जानकारी दिए । हाल खानीसम्म पुग्नका लागि पूर्वाधार तथा सडकको स्तरोन्नति भइरहेको छ । खानी सञ्चालनले स्टिल उद्योग विकास तथा ठूलो सङ्ख्यामा रोजगारी सिर्जना हुने र फलामको आयात अपेक्षा गरिएको छ ।

कार्यालयका अर्का निर्देशक दिलिपकुमार झाले खानी सञ्चालन भएका स्वदेशी पुँजी स्वदेशमै परिचालन भएर राष्ट्रको समृद्धि हासिल गर्न सघाउ पुग्ने बताए  ।