१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु

‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
अ अ+ अ-

काठमाडौं । गल्छी–रसुवागढी सडक योजनाको कार्यालय’ मार्फत विस्तार भइरहेको सडकको पहुँच मार्गभित्रका अतिक्रमित संरचना हटाउन थालिएको छ ।

सडकको दायाँबायाँ १५–१५ मिटरभित्र पर्ने घरटहरासहित भौतिक संरचना हटाउन सूचना जारी गरिएको अवधिमा अटेर गर्नेहरूका संरचना शनिबारदेखि हटाउन सुरु गरिएको हो ।

‘गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेंशी रसुवागढी सडक योजना कार्यालय’का प्रमुख कृष्णराज ओझाका अनुसार सडक पहुँचभित्रका संरचनाको नियमअनुसार क्षतिपूर्ति लिएर हटाउने सहमति भए पनि त्यसको पालना नगर्नेका संरचना भत्काउन थालिएको हो ।

ती संरचनामा ८६ वटा व्यक्तिगत घरटहरासहित एक दर्जन सरकारी कार्यालय तथा सङ्घसंस्थाका संरचना रहेका छन् । विदुर नगरपालिकाको सहयोगमा शनिबारदेखि जिल्लाको मुख्य बजार क्षेत्रमा पर्ने ढुङ्गे, विदुर, बट्टारका अतिक्रमति संरचना भत्काउन थालिएको कार्यालय प्रमुख ओझाले बताए ।

तीन दिनभित्र जिल्लाभित्रका संरचना भत्काइसक्ने लक्ष्य रहेको उनले जानकारी दिए । कार्यालय प्रमुख ओझाले भने, “सडक पहुँच क्षेत्रका संरचना खाली नहुँदा अन्तरराष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको सडकको का रोकिएको छ । केही दिनभित्रै ‘साइट क्लियर’ गरेर निर्माण व्यवसायीलाई काम थाल्न निर्देशन दिनेछौँ ।”

धादिङको गल्छीबाट नुवाकोटको विदुर हुँदै चीनसँग जोडिएको रसुवागढी नाका पुग्ने यस सडकलाई राष्ट्रिय प्राथमिकताप्राप्त गौरवको आयोजनाका रूपमा विस्तार गर्न थालिएको छ । नुवाकोटको बजार क्षेत्रका अतिक्रमित संरचना हटाउन ढिलाइ हुँदा १० वर्षसम्म पनि योजनाको काम अधुरै छ ।

विसं २०७२ मा नेपाल सरकार मन्त्रिपरिषद् बैठकले चीन, नेपाल र भारत गरी त्रिदेशीय राजमार्गका रूपमा काम अगाडि बढाउने निर्णय गरेको थियो । यसलाई सबैभन्दा छोटो दूरीको अन्तरराष्ट्रिय राजमार्गका रूपमा निर्माण गर्ने सरकारको योजना छ ।रासस