१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचन: प्रचण्डको गाउँमा नेपाली कांग्रेसले मार्यो बाजी



अ+ अ-

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधार क्षेत्र चितवनको तीन वटै वडामा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएका छन । भरतपुर महानगरपालिका १६ , खैरहनी नगरपालिका ४ र ५ मा नेपाली काँग्रेस विजयी भएको हो । भरतपुर महानगर १६ का काँग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी भएका हुन् । उनले नेकपाका भक्तराज हमाललाई पराजित गरेका हुन् ।

अमृतराजले ३१८३ मत प्राप्त गरे भने भक्तराजले २८७५ मत प्राप्त गरे । यसअघि सो वडामा तत्कालिन नेकपा एमालेका उम्मेद्वार विजयी भएका थिए । खैरहनी नगरपालिका ४ मा काँग्रेसका उम्मेद्वार देव बहादुर बस्नेतले नेकपाका उम्मेद्वार वेद बहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गरेका हुन् । खैरहनी नगरपालिकाकै ५ मा नेपाली काँग्रेस विजयी भएको छ ।

नेपाली काँग्रेसकी उम्मेद्वार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् । राजधानी दैनिकबाट