२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा घरको खस्दा पाँच जनाको मृत्यु, दुई घाइते



अ+ अ-

काठमाडाैँ । पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा शनिबार घरको छत खस्दा एउटै परिवारका पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको प्रान्तीय प्रहरी कार्यालयले जनाएको छ ।

प्रान्तीय राजधानी काला–ए–नवमा भएको घटनाको पुष्टि गर्दै प्रहरीले विज्ञप्ति जारी गरेको छ । पीडितहरूमा चार बालबालिका र एक महिला रहेको जनाइउको छ भने परिवारका थप दुई सदस्यहरू घाइते भएका छन् । यस अघि बुधबार पूर्वी वर्दक प्रान्तमा भएको यस्तै घटनामा दुई जनाको मृत्यु भएको थियो ।

युद्ध पछिको अफगानिस्तानका मानिसहरू प्रायः माटोका घरहरूमा बस्छन्, जुन वर्षा र बाढी लगायत प्राकृतिक प्रकोपहरूको जोखिममा छन् । आपगानीस्तानका केही भागहरूमा विगत केही दिनदेखि भारी वर्षा र बाढीको सामना गरि रहेको जनाइएको छ ।