१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

काठमाडौंको खोला किनारबाट अव्यवस्थित बसोवास हटाउने महानगरको प्रयास सफलः सडकमा आएनन् बस्तीवासी

काठमाडौंको खोला किनारबाट अव्यवस्थित बसोवास हटाउने महानगरको प्रयास सफलः सडकमा आएनन् बस्तीवासी
अ अ+ अ-

काठमाडौं महानगरपालिकाले लामो समयदेखि निरन्तर प्रयास गर्दै आएको नदी किनारका अव्यवस्थित बस्ती हटाउने अभियान अन्ततः सफल भएको छ । महानगर प्रहरीले बिहीबार बिहान सञ्चालन गरेको उक्त अभियान यस पटक भने शान्तिपूर्ण रूपमा सम्पन्न भएको महानगरले जनाएको छ ।

महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीका अनुसार लामो तयारी, पूर्वसूचना र सरोकारवाला निकायबीचको समन्वयपछि अभियान सहज रूपमा अघि बढेको हो । महानगरले बस्ती खाली गराउन तीन दिनअघि नै माइकिङमार्फत ९, १० र ११ गते सूचना जारी गरेको थियो । सोही सूचनाअनुसार ११ गते बेलुकी ७ बजेसम्म स्वेच्छिक रूपमा स्थान खाली गर्न आग्रह गरिएको थियो । त्यसपछि १२ गते बिहान साढे ६ बजेदेखि महानगरले औपचारिक रूपमा हटाउने कार्य सुरु गरेको हो ।

यसअघि यस्ता प्रयासका क्रममा विरोध, झडप र अराजकता देखिँदै आएको भए पनि यस पटक परिस्थिति फरक रहेको महानगरको दाबी छ । प्रहरी प्रमुख जोशीले केन्द्र सरकार र स्थानीय सरकारबीचको समन्वय नै यस पटकको सफलताको मुख्य आधार भएको बताए ।

उनले भने, “समय परिवर्तनशील हुन्छ, परिस्थिति सधैँ एउटै रहँदैन । सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन र सबै निकायको सक्रिय भूमिकाले यस पटक हामीले निर्वाध रूपमा काम गर्न सक्यौँ । अघिल्ला पटकहरूमा समन्वयको अभाव थियो, तर यस पटक स्थानीय, संघ र अन्य सरोकारवाला निकायबीचको सहकार्यले काम सहज भयो ।”

महानगरले विस्थापित भएका व्यक्तिहरूका लागि कीर्तिपुरको सुन्दरीघाटस्थित राधा स्वामी सत्संगको संरचनामा करिब ३ हजार जनासम्म अटाउने होल्डिङ सेन्टरको व्यवस्था गरेको जनाएको छ । केहीलाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल पठाइएको भए पनि अधिकांशले उक्त अस्थायी व्यवस्थामा बस्न अस्वीकार गरेको महानगरले जनाएको छ ।

महानगर प्रहरी प्रमुख जोशीका अनुसार, “उहाँहरूको आफ्नो गन्तव्य छ । केहीले आफूलाई घरबारविहीन भन्नुभएको थियो, तर पछि धेरैजसो आफ्नो बासस्थानतर्फ नै फर्किनुभयो । वास्तविक रूपमा यहाँ बस्ने धेरैजसो व्यक्ति साँच्चिकै घरबारविहीन होइनन् ।”

महानगरले नदी किनारलाई हराभरा बनाउँदै व्यवस्थित पार्क तथा मनोरञ्जन स्थलका रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि बढाएको छ । लामो समयदेखि युएन पार्क निर्माणको प्रयास भए पनि अव्यवस्थित बसोबासका कारण काम अघि बढ्न नसकेको थियो । अब ललितपुरतर्फ बनेको नमूना पार्कको मोडेलअनुसार काठमाडौंतर्फ पनि विकास कार्य सुरु गर्ने तयारी रहेको महानगरले जनाएको छ ।

महानगर प्रहरी प्रमुख जोशीले सुकुम्बासीको नाममा अवैध बसोबास र जग्गा कब्जा गर्ने प्रवृत्ति अब स्वीकार्य नहुने स्पष्ट संकेत दिँदै यस पटकको अभियानपछि स्थानीयस्तरमा ठूलो विरोध नदेखिएको पनि बताए ।