१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

अल्का आईभीएफ सेन्टरको विशेष अभियान : बाँझोपन उपचारमा ५० हजारसम्म छुट, निःशुल्क परीक्षण र परामर्श सेवा सुरु

अल्का आईभीएफ सेन्टरको विशेष अभियान : बाँझोपन उपचारमा ५० हजारसम्म छुट, निःशुल्क परीक्षण र परामर्श सेवा सुरु
अ अ+ अ-

काठमाडाैँ । बदलिँदो खानपान, जीवनशैली तथा वातावरणीय असरका कारण पछिल्लो समय बाँझोपन (निःसन्तान) सम्बन्धी समस्या विश्वव्यापी रूपमा बढ्दै गएको देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सन् २०२३ को प्रतिवेदनअनुसार विश्वभरका प्रत्येक ६ जना वयस्कमध्ये १ जना आफ्नो जीवनकालमा कुनै न कुनै रूपमा बाँझोपनको समस्याबाट प्रभावित हुने गरेका छन् । यो तथ्यांकले बाँझोपन कुनै निश्चित क्षेत्र, वर्ग वा देशमा सीमित नभई विश्वव्यापी स्वास्थ्य चुनौतीका रूपमा देखा परेको संकेत गर्छ ।

नेपालमा पनि बाँझोपनको समस्या उल्लेखनीय रूपमा बढ्दै गएको विभिन्न स्वास्थ्य अध्ययनहरूले देखाएका छन् । ती अध्ययनअनुसार करिब १३ देखि १५ प्रतिशत विवाहित दम्पतीहरू सन्तान प्राप्तिमा कठिनाइ भोगिरहेका छन् । यसले देशभरका लाखौँ दम्पतीहरू सन्तान सुखको प्रतिक्षामा रहेको अवस्था देखाउँछ । विशेषगरी निम्न तथा मध्यम आय भएका परिवारमा उपचारको उच्च लागत र विशेषज्ञ सेवाको सीमित पहुँचका कारण समस्या झनै जटिल बन्दै गएको छ ।

यही अवस्थालाई मध्यनजर गर्दै ललितपुरको जावलाखेलस्थित अल्का आईभीएफ एण्ड फर्टिलिटी सेन्टरले निःसन्तान दम्पती लक्षित विशेष सेवामूलक अभियान सुरु गरेको छ । अस्पताल प्रशासनका अनुसार ‘उपचारको अभावमा कसैको कोख रित्तो नहोस्’ भन्ने उद्देश्यसहित यो अभियान ल्याइएको हो ।

अस्पतालका प्रशासन प्रमुख भगवान केसीका अनुसार वैशाख महिनाभरका लागि विशेष सहुलियत प्याकेज लागू गरिएको छ । उहाँले उपचार अभाव र आर्थिक कठिनाइका कारण धेरै दम्पती उपचारबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै यस अभियानले उनीहरूलाई सन्तान प्राप्तिको अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

केसीले भन्नुभयो, “अल्का अस्पताल प्रा.लि. जावलाखेल ललितपुरले निःसन्तानपन भएका दम्पतीहरूको लागि सर्वसुलभ विशेष प्याकेज लागू गरेको छ । यो प्याकेज २०८३ वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म लागू हुनेछ । नेपालमा करिब १३ देखि १५ प्रतिशत दम्पतीहरू विभिन्न कारणले सन्तान प्राप्त गर्न नसकिरहेको अवस्थामा, आर्थिक अभाव र उचित परामर्शको कमीका कारण धेरैले उपचार पाउन सकेका छैनन् । त्यस्ता दम्पतीलाई सहयोग गर्ने उद्देश्यले यो अभियान ल्याइएको हो ।”

उहाँका अनुसार आईभीएफ उपचारका लागि रु ५० हजारसम्म छुटको व्यवस्था गरिएको छ भने विभिन्न प्याकेजमार्फत परामर्श सेवा पनि उपलब्ध गराइनेछ । प्रारम्भिक परामर्श, टीभीएस (अल्ट्रासाउन्ड) परीक्षण तथा वीर्य परीक्षण जस्ता आधारभूत सेवाहरू निःशुल्क प्रदान गरिनेछ । साथै, आईयूआई उपचार सेवा पनि अभियान अवधिभर निःशुल्क उपलब्ध हुनेछ । प्रयोगशाला परीक्षणमा २० प्रतिशत छुट दिइने व्यवस्था गरिएको छ ।

अस्पतालले विकट क्षेत्रमा बसोबास गर्ने तथा काठमाडौं आउन कठिनाइ हुने दम्पतीका लागि फोनमार्फत प्रारम्भिक परामर्श सेवा उपलब्ध गराउने जनाएको छ । यद्यपि, आवश्यक ल्याब परीक्षण, निरन्तर फलोअप र उन्नत उपचारका लागि भने काठमाडौंमै उपस्थित हुनुपर्ने अस्पतालले स्पष्ट पारेको छ ।

विश्व स्वास्थ्य संगठनले बाँझोपनलाई प्रजनन प्रणालीको एक रोगका रूपमा परिभाषित गर्दै यसको उपचारमा सबैको समान पहुँच हुनुपर्नेमा जोड दिँदै आएको छ । सोही मानवीय दृष्टिकोणलाई आधार मानेर नेपालमा पनि यस्ता सेवामूलक अभियानहरू आवश्यक रहेको विशेषज्ञहरू बताउँछन् ।

वैशाख मसान्तसम्म सञ्चालन हुने यस अभियानबाट लाभ लिन इच्छुक दम्पतीहरूले अग्रिम नाम दर्ता गर्नुपर्ने अस्पतालले जनाएको छ । लामो समयदेखि सन्तान सुखको प्रतिक्षामा रहेका दम्पतीलाई समयमै परामर्श लिन अस्पतालले आग्रह पनि गरेको छ ।