१ आश्विन २०८३, बिहीबार
,
Latest
प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३३ विजेता आज घोषणा हुँदै काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च ४२ लाखसम्म अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनभिएल लिगमा एपिएफको महिला र पुरुष दुवै टोली पराजित



अ+ अ-

काठमाडौँ। एपिएफको महिला टोलीसँगै पुरुष टोलीले दशौं प्रधानमन्त्री कप एनभिएल लिगमा हार सामना गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रवार भएको खेलमा एपिएफको पुरुष टोली रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरसँग ३–० को सोझो सेटमा पराजित भयो ।

महिला टोली भने एभरेस्ट भलिबल क्लवसँग ३–१ को सेटमा पराजित भयो । रुकुम पश्चिम र एभरेस्ट दुुवैमा विदेशी खेलाडी अुनबन्धित छन् । तीन जना पाकिस्तानी खेलाडीको साथ पाएको रुकुम पश्चिमले विभागीय टोली एपिएफलाई २५–१४, २५–२१ र २५–१५ ले पराजित ग¥यो ।

रुकुम पश्चिमबाट गण्डकी प्रदेशका खेलाडी पनि खेलिरहेका छन् । महिलातर्पm तीन जना भारतीय खेलाडीको साथमा रहेका एभरेस्टले एपिएफलाई २५–२०, १६–२५, २५–१७ र २५–१६ ले हरायो ।

राष्ट्रिय टोलीका अधिकांश खेलाडी रहने एपिएफ घरेलु प्रतियोगिताको सबैभन्दा बलियो टोली रहँदै आएको थियो । भारतीय खेलाडी केपी अनुश्रीको साथ पाएको एभरेस्ट एउटा सेटमा बाहेक एपिएफमाथि पूर्ण हाबी भयो ।

दोस्रो खेलमा एपिएफको पहिलो हार हो । महिलातर्फ नै न्यु डायमण्डले सुदूरपश्चिम प्रदेशविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्यो । न्यु डायमण्डले सुदूरपश्चिमको चुनौती २५–११, २५–३ र २५–१ ले पन्छाएको हो ।

एपिएफले आफ्नो पहिलो खेलमा बिहीबार त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएको थियो । एभरेष्टले भने नेपाल पुलिस क्लबसँग ३–० को पराजय बेहोरेको थियो ।

पुरुषततर्फ पुलिसले कोशी प्रदेशलाई ३–१ सेटमा हरायो । पुलिसले कोशीलाई २५–२३, २२–२५,२५–२० र २५–२२ ले हरायो । –न्युज एजेन्सी नेपाल