२१ भाद्र २०८३, आईतवार
,
Latest
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा



अ+ अ-

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुनसरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’ मा २४ घण्टाको अवधिमा लागुऔषध बिक्री वितरण, सेवन तथा समाजमा गुण्डागर्दीमा संलग्न रहेको १२० जनालाई नियन्त्रणमा लिएको छ ।

शान्ति सुरक्षा कायम गर्न तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यलय सुनसरी मातहतका विभिन्न युनिटहरूसँग समन्वय गरी अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार वैशाख ९ गते साँझ ६ बजेदेखि १० गते बिहान ६ बजेसम्म पहिलो चरण र १० गते साँझ ६ बजेदेखि ११ गते बिहान ६ बजेसम्म दोस्रो चरण गरी दुई चरणमा अपरेसन सञ्चालन गरिएको थियो ।

सुनसरीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएकामध्ये ११५ जना पुरुष र पाँच जना महिला रहेका छन् । पक्राउ परेकामध्ये १० जना पुरुष र पाँच जना महिलालाई सुधार केन्द्र पठाइएको छ ।

त्यसैगरी मादकपदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला गर्ने तथा शान्ति भङ्ग गर्ने ७६ जना पुरुषलाई सम्झाइबुझाइ आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लागुऔषध मुद्दामा दुई जना पुरुष विरुद्ध मुद्दा दर्ता गरिएको छ भने एक जना फरार रहेका छन् ।

अन्य २६ जना पुरुषमाथि थप अनुसन्धान भइरहेको छ । अपरेसनका क्रममा २६.५६ ग्राम ब्राउन सुगर र ४४ पिस लागुऔषध ट्याब्लेट बरामद गरिएको छ । सूचना अधिकारी खड्काले लागुऔषध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न यस्ता अभियानलाई निरन्तरता दिइने बताए ।