२१ भाद्र २०८३, आईतवार
,
Latest
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन र विश्वप्रकाशबीच कुरा नमिलेपछि संसदीय दलको नेता चयन गर्ने चुनाव रोकियो



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया नै अन्तिम समयमा आएर स्थगित गरेको छ । आज नै सुरु गर्नेगरी निर्वाचन तालिका समेत प्रकाशित भइसकेको अवस्थामा अन्तिममा आएर निर्वाचन प्रक्रिया नै स्थगित गरिएको हो ।

आज दिउँसो ३ बजे देखि नै सो कार्यक्रम सुरु हुनेगरी कार्यक्रम सार्वजनिक भएकोमा साढे दुई बजे निर्वाचन कार्यक्रम स्थगनको सूचना दिइएको थियो ।

अरु सबै दलले गरेपनि कांग्रेसको दलको नेता चयन हुन सकेको छैन । दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको भए पनि त्यसले सहमति जुटाउन सकेको छैन ।

संसदीय दलका लागि सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माका बीचमा नै कुरा नमिलेको बताइएको छ । सभापति थापाले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलाई अघि सारेका छन् भने उपसभापति शर्माले समानुपातिक सांसद भीष्मराज आङ्देम्बेलाई अघि सारेका छन् ।

उता अर्जुननरसिंह केसीले पनि यदि सहमतिमा चयन हुन सकेन भने आफूले पनि संसदीय दलको नेताका लागि उम्मेदवारी दिने बताएका छन् ।