५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबनान र इजरायल बीचको युद्धविराम तीन हप्ता लम्बाउने ट्रम्पको घोषणा



अ+ अ-

काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनान र इजरायल बीचको युद्ध (विराम थप तीन हप्ताका लागि लम्बाउने घोषणा गर्नु भएको छ । राष्ट्रपतिले ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ मार्फत लेबनान र इजरायली कब्जाका वार्ताकारहरू बीच ह्वाइट हाउसमा आयोजित वार्ता उपलब्धि मुलक भएको बताउनु भएको छ ।

लेबनानका राष्ट्रपति जोसेफ अउन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बीच स्थायी शान्ति कायम गर्न छिटै बैठक हुने तयारी भई रहेको पनि ट्रम्पले पुष्टि गर्नु भएको छ ।

ह्वाइट हाउसमा लेबनान र इजरायली कब्जा बीच दोस्रो चरणको प्रत्यक्ष वार्ताको आयोजना गरिएको थियो, जसको उद्देश्य दुई पक्षहरू बीच स्थाई शान्ति सम्झौतामा पुग्नु रहेको बताइएको छ ।