२१ भाद्र २०८३, आईतवार
,
Latest
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा पालिकाबाटै करसम्बन्धी सेवा प्रवाह



अ+ अ-

काठमाडौं । मकवानपुरका स्थानीय तहहरुले पालिकाबाटै करसम्बन्धी सेवा प्रवाह प्रारम्भ गरेका छन् । प्रशासनिक सङ्घीयता कार्यान्वयनका क्रममा सरकारले करसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउन थालेको हो ।

सोही नीतिअनुरुप आन्तरिक राजस्व कार्यालय मकवानपुरको समन्वयमा जिल्लाको मनहरी गाउँपालिका र बागमती गाउँपालिकाले करदाता सेवा सुरु गरेका हुन् ।

बागमती गाउँपालिकामा बिहीबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सर्केश घलान र आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख युक्तप्रसाद सुवेदीले सेवाग्राहीलाई व्यक्तिगत र व्यावसायिक स्थायी लेखा नम्बर प्रदान गरे ।

कार्यालय प्रमुख सुवेदीका अनुसार अब पालिकाबाटै व्यक्तिगत तथा व्यवसायी स्थायी लेखा नम्बर जारी तथा आयकरसम्बन्धी काम हुनेछ । साथै अन्तःशुल्कसम्बन्धी इजाजत तथा नवीकरणका लागि कागजात सङ्कलन र प्रारम्भिक प्रमाणीकरण पनि पालिकाबाटै हुनेछ ।

आगामी महिनााभित्र मकवानपुरका चारवटा पालिकामा करदाता सेवा सञ्चालनको तयारी भएको छ । बकैया गाउँपालिका र थाहा नगरपालिका सेवा सञ्चालनको सूचीमा छन् ।