२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा समेत झुटो बोल्नुभयोः ज्ञानबहादुर शाही गृह मन्त्रालयलाई थप स्रोत चाहियो, बजेट वृद्धि गर्न गृहमन्त्री गुरुङको आग्रह ‘नामी ओपन हाउस कार्निभल २०८३’ आयोजना हुँदै बिपी अस्पताल सुधार गर्ने प्रतिबद्धता अनुमतिबिनै सञ्चालित ‘मारिया अस्पताल’ बन्द, सञ्चालकमाथि कारबाही प्रक्रिया सुरु ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेनमार्कमा दुई रेल एकआपसमा ठोक्किँदा १८ जना घाइते, ५ को अवस्था गम्भीर



अ+ अ-

काठमाडौँ। डेनमार्कमा बिहीवार दुईवटा स्थानीय रेलहरू एकआपसमा ठोक्किँदा ठूलो क्षति भएको छ । नर्थ जिल्याण्ड प्रहरीकाअनुसार यस भयानक टक्करमा १८ जना घाइते भएका छन् ।

जसमध्ये ५ जनाको अवस्था निकै गम्भीर रहेको छ । प्रारम्भिक रूपमा रेलमा ३८ जना सवार रहेको अनुमान गरिएको भएपनि ड्यानिस ब्रोडकास्टर डीआरको पछिल्लो अद्यावधिक जानकारीअनुसार उक्त संख्या ३७ रहेको पुष्टि भएको छ ।

दुर्घटना कोपेनहेगनबाट ५० किलोमिटर उत्तरमा पर्ने हिलरोड र कागेरुप बीचको ग्रिबस्कोभ लाइनमा भएको थियो । सूचना प्राप्त हुनेबित्तिकै आपतकालीन उद्धार टोलीहरू घटनास्थलमा खटाइएको थियो ।

प्रहरी निरीक्षक मोर्टन पेडरसनले यस घटनालाई अत्यन्तै गम्भीर दुर्घटनाको रूपमा वर्णन गरेका छन् । दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अधिकारीहरूले विस्तृत अनुसन्धान शुरु गरिसकेका छन् ।सिन्ह्वा/ न्युज एजेन्सी नेपाल




भर्खरै