१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन

वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन
अ अ+ अ-

काठमाडौं । वैशाख १८ गतेदेखि २२ गतेसम्म धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानीमा १३औँ रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

आयोजक संस्था रारा फुटबल क्लब राजारानीले आज यहाँ पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । चण्डीपूर्णिमा तथा बुद्धजयन्तीका अवसरमा आयोजना हुँदै आएको यो प्रतियोगितामा देशभरिबाट आठ वटा फुटबल टोलीको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष मणि चेम्जोङले जानकारी दिए ।

प्रथम पुरस्कार रु सात लाख र दोस्रो रु तीन लाख रहेको यो प्रतियोगिता जिल्लाकै सबैभन्दा बढी धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिता हो ।

प्रतियोगितामा आयोजक रारा, सलेह फुटबल क्लब (सर्लाही), विर्तामोड युनाइटेड (झापा), आरआइएफसी (काठमाडौँ), केराबारी फुटबल क्लब (सुनसरी), धरान फुटबल (सुनसरी), गाईघाट फुटबल क्लब (उदयपुर) र डाँडाबजार फुटबल क्लब (धनकुटा)को सहभागिता रहनेछ ।

कार्यक्रममा सम्पन्न गर्न रु ३६ लाख ५० हजार बराबरको खर्च हुने संस्थाका सचिव जीवन कटुवालले जानकारी दिनुभयो ।