१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

पर्यटन प्रवर्द्धनका लागि लाङ्टाङमा ‘ट्रेल रन’ सञ्चालन हुने

पर्यटन प्रवर्द्धनका लागि लाङ्टाङमा ‘ट्रेल रन’ सञ्चालन हुने
अ अ+ अ-

काठमाडौं । रसुवा-नुवाकोट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित लाङ्टाङ ट्रेल रन आयोजना हुने भएको छ ।

रसुवा-नुवाकोट पर्यटन समाजद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिता आगामी जेठ २३ गते हुने जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा आयोजक समाजका अध्यक्ष बलराम न्यौपानेले लामो समयदेखि लाङ्टाङ क्षेत्रको पर्यटन विकास, अध्ययन, प्रचारप्रसार तथा प्रवर्द्धनमा सक्रिय रहँदै आएको समाजले यसपटक साहसिक खेल पर्यटनलाई केन्द्रमा राख्दै ट्रेल रन आयोजना गर्न लागेको उल्लेख गरे ।

विशेषगरी २०७२ सालको विनाशकारी भूकम्पपछि प्रभावित पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्ने प्रयासस्वरूप विभिन्न कार्यक्रम गर्दै आएको समाजले अब लाङ्टाङलाई अन्तरराष्ट्रियस्तरको साहसिक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ ।

प्रतियोगिता गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत पर्ने क्याञ्जिन गुम्बाबाट सुरु भई स्याफ्रुबेँसीसम्म करिब ३२ किलोमिटर दूरीमा सम्पन्न हुने समाजका अध्यक्ष न्यौपानेले जानकारी दिए । समुद्री सतहबाट करिब तीन हजार ८७० मिटर उचाइमा रहेको क्याञ्जिन गुम्बाबाट सुरु हुने यो दौड लाङ्टाङ गाउँ, घोडातबेला हुँदै स्याफ्रुबेँसीसम्म आइपुग्नेछ ।

प्राकृतिक सौन्दर्य, हिमाली दृश्यावलोकन र सांस्कृतिक विविधताले भरिपूर्ण यो मार्गले प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ । आयोजकका अनुसार प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय धावकहरूको सहभागिता रहनेछ ।

यस ट्रेल रनले लाङटाङ क्षेत्रको अन्तरराष्ट्रिय पहिचान मजबुत बनाउने, स्थानीय पर्यटन व्यवसायलाई चलायमान बनाउने तथा साहसिक खेलमार्फत नयाँ सम्भावना खोल्ने विश्वास आयोजकले लिएको छ ।