२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षाकर्मीको भूमिका प्रशंसनीय छ : मुख्यमन्त्री पाण्डे



अ+ अ-

काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शान्ति सुरक्षासँगै विपद्मा सुरक्षाकर्मीले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताउनुभएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा नवनिर्मित गण्डकी प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनहरूको आज पोखरामा उद्घाटन गर्दै उहाँले प्रहरी सङ्गठनले राज्य र नागरिकको सुरक्षाको गहन जिम्मेवारी बहन गर्दै आएको बताउनुभयो ।

उहाँले हरेक घटनामा राज्यको प्रतिनिधिका रुपमा पहिलो उपस्थिति रहने सुरक्षा निकायलाई सरकारले साधन–स्रोत सम्पन्न र आधुनिक प्रविधिमा दक्ष बनाउन थप लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । संवैधानिक व्यवस्थाअनुसार गण्डकी प्रदेश सरकारले आफ्नो दायित्व र कर्तव्यबोधका साथ २०७५ सालमा स्थापना भएको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको भौतिक पूर्वाधार निर्माण प्रारम्भ गरेको उहाँले जानकारी दिनुभयो ।

नवनिर्मित कार्यालय, ब्यारेक, क्वाटर गार्ड, कार्यालय प्रमुख तथा वरिष्ठ अधिकृत निवास र मेस भवनको निर्माणसँगै प्रहरी संगठनको सीप, दक्षता र क्षमता थप सुदृढ हुने विश्वास व्यक्त गर्दै उहाँले भर्ना छनोट, आधारभूत तथा सेवाकालीन तालिम सञ्चालनमा यी संरचनाले महत्त्वपूर्ण सहयोग पु-याउने बताउनुभयो । “यो तालिम केन्द्रले समय सापेक्ष प्रशिक्षण प्रणालीमार्फत तालिमको गुणस्तर अभिवृद्धि गर्दै पेसागत ज्ञान, सीप र दक्षतायुक्त सक्षम प्रहरी जनशक्ति उत्पादन गर्नेछ भन्ने अपेक्षा राखेको छु”, उहाँले भन्नुभयो ।

अपराध नियन्त्रण, अनुसन्धान तथा मानवीय उद्धारमा नवीनतम प्रविधि र प्रक्रियाको प्रभावकारी प्रयोग गर्ने क्षमताको विकासमा समेत यो केन्द्र महत्त्वपूर्ण बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रदेश सरकार स्थापना भएयता गण्डकी प्रदेशमा निर्माण सुरु भएका ३५ प्रहरी युनिटका भवनमध्ये ३४ वटा निर्माण सम्पन्न भइसकेको र एउटा अन्तिम चरणमा रहेको मुख्यमन्त्रीले जानकारी गराउनुभयो ।

सीमित साधन र स्रोतका बाबजुद पनि गण्डकी प्रदेश सरकारले शान्ति सुरक्षा र नागरिकप्रतिको दायित्वलाई उच्च प्राथमिकतामा राख्दै हरेक वर्ष करिब १५ करोड रुपैयाँभन्दा बढी बजेट सुरक्षा निकायका लागि विनियोजन गर्दै आएको उहाँले बताउनुभयो ।

प्राविधिक प्रहरी नायब उपरीक्षक ई चीरञ्जिवी महतोका अनु्सार कार्यालय पसिरमा कार्यालय भवन, समादेशक निवास, दुईवटा सिनियर अफिसर क्वाटरलगायत निर्माणका लागि मूल्य अभिवृद्धि करसहित छ करोड ४६ लाख १२ हजार ३२७ रुपैयाँका साथै छ दुई वटा ब्यारेक, दुईवटा मेस, क्वाटर गार्ड लगायतका संरचनाका लागि छ करोड ५५ लाख ४५ हजार ७१६ रुपैयाँ भुक्तानी भएको छ ।