२१ भाद्र २०८३, आईतवार
,
Latest
नुवाकोटका भण्डारीद्वारा प्रधानमन्त्री राहत कोषमा दश लाख सहयोग रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

साठी क्विन्टल मकैसहित चालक पक्राउ



अ+ अ-

रुपन्देही। रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न लागिएको ठूलो परिमाणको मकै प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले आज रोहिणी गाउँपालिका–२ मैनिहवाबाट ६० क्विन्टल मकैसहित दुईवटा जिप नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा लु१ज ४६१० र लु१ज २९२५ नम्बरको जिपमा लोड गरी लैजाँदै गरेको अवस्थामा मकै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक गणेश सापकोटाले जानकारी दिनुभयो ।

बरामद मकै र गाडीको कूल मूल्य करिब रु २१ लाख ५० हजार आकलन गरिएको छ । घटनामा संलग्न चालक मायादेवी गाउँपालिका–७ का ३३ वर्षीय दिलीप यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्ति र बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको उहाँले बताउनुभयो । रासस