१८ भाद्र २०८३, बिहीबार
,
Latest
हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानको बदख्सानमा हिमपहिरोमा फसेका चार जना मृत फेला



अ+ अ-

काबुल। अफगानिस्तानको उत्तरी भागमा पर्ने बदाख्सान प्रान्तमा हिमपहिरोमा परी मृत्यु भएका चार जनाको शव बुधबार फेला परेको प्रान्तीय प्रहरीका प्रवक्ता एहसानुल्लाह कामगरले जानकारी दिनुभएको छ ।

तीन दिनअघि रागिस्तान जिल्लामा हिमपहिरोमा परी ज्यान गुमाएका ती व्यक्तिको शव बुधबार फेला परेको हुँदा परिवारलाई हस्तान्तरण गरिएको अधिकारीले बताएका छन् ।

कामगरले घटनाबारे थप विवरण भने दिनुभएन । बदाख्सान लगायत अफगानिस्तानका केही भागहरूमा विगत केही हप्तादेखि भारी वर्षा, बाढी, हिमपात भएको थियो र अहिले यो शान्त भएको छ । (रासस\एएफपी)