१ आश्विन २०८३, बिहीबार
,
Latest
राज्य व्यवस्था समितिबाट राष्ट्रिय सेवा दल विधेयक पारित निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार जलवायु कुटनीतिलाई संस्थागत गर्न परराष्ट्र मन्त्रालयको भुमिका पुनर्विचार गर्नुपर्छः मन्त्री खनाल त्रिभुवन विमानस्थलमा विदेशी मुद्रा विनिमय सेवाका लागि बोलपत्र आह्वान आज कति छ सुनचाँदीकाे मूल्य ? रसुवा–भोटेकोशी विपद्ले नेपालको विकास मोडलमै पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गर्‍यो : परराष्ट्रमन्त्री खनाल जलवायु कुटनीतिलाई भारत–चीनसहित छिमेकीसँगको सम्बन्ध विस्तारसँग जोड्नुपर्छः डा. ढकाल कृष्णभीरमा सडक सञ्चालनपछि कुलमान घिसिङले भने– दीर्घकालीन समाधानतर्फ तत्काल काम थाल्नुपर्छ जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा संयुक्त राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी नेताको पक्राउप्रति कांग्रेसको आपत्ति, ‘तत्काल रिहा गर्न’ माग



अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य ईं. भुवन भट्टसहित विभिन्न विद्यार्थी नेताहरूलाई पक्राउ गरी थुनामा राखिएको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ।

आज जारी गरिएको प्रेस वक्तव्यमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले विद्यार्थी नेता कुम्भराज देउवा, नविन विष्ट, आकाश देवकोटा, शुशील ऐडी र विशाल वि.सी लगायतलाई पक्राउ गरिएको विषयले लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रश्न उठाएको उल्लेख गरेका छन्।

वक्तव्यमा लोकतान्त्रिक शासन व्यवस्थामा वाक तथा प्रकाशनको स्वतन्त्रता, शान्तिपूर्ण रूपमा हिडडुल गर्ने अधिकार तथा विरोध वा असहमति व्यक्त गर्ने स्वतन्त्रता नागरिकका मौलिक अधिकार भएको स्मरण गराइएको छ। यस्ता अधिकारहरूको संरक्षण गर्नु राज्यको संवैधानिक तथा नैतिक दायित्व भएको कांग्रेसको भनाइ छ।

कांग्रेसले नागरिकले आफ्नो अधिकार प्रयोग गर्दा पक्राउ गरी थुनामा राख्ने कार्यले विधिको शासन र नागरिक स्वतन्त्रताको प्रत्याभूतिमाथि गम्भीर असर पर्ने जनाएको छ। साथै, असहमतिलाई नियन्त्रण र दमन गर्ने सरकारी शैली संविधानको मर्म विपरीत रहेको आरोप लगाइएको छ।

वक्तव्यमा असहमति र विरोधलाई लोकतन्त्रको अभिन्न अङ्गका रूपमा व्याख्या गर्दै यस्ता विषयलाई दमन नभई संवाद र सहकार्यमार्फत समाधान गर्नुपर्नेमा जोड दिइएको छ।

नेपाली कांग्रेसले सम्बन्धित निकायसँग पक्राउ परेका नेपाल विद्यार्थी संघका नेताहरूलाई विना शर्त तत्काल रिहा गर्न माग गर्दै भविष्यमा नागरिकहरूको मौलिक अधिकारमाथि हस्तक्षेप नगर्न आग्रह गरेको छ ।




सम्बन्धित समाचार