३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्र संघको नीति मञ्चद्वारा एशिया–प्रशान्त क्षेत्रमा अझ बढी समावेशी समाजका लागि आह्वान



अ+ अ-

काठमाडौँ। थाइल्याण्डमा आयोजित संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक आयोगको ८२ औं सत्रमा विश्वव्यापी र क्षेत्रीय नेताहरूले तिब्र रूपमा परिवर्तन भइरहेको विश्वमा कोही पनि पछि नपर्ने कुरा सुनिश्चित गर्न कडा कदम चाल्न आह्वान गरेका छन् ।

यो बैठक यस्तो समयमा भएको छ जब यस क्षेत्रमा आर्थिक अनिश्चितता, भू–राजनीतिक तनाव, जलवायु जोखिम र तिब्र प्राविधिक परिवर्तनका साथै वृद्ध जनसंख्या, युवा बेरोजगारीका चुनौतीहरू र पुस्तान्तरको असमानता जस्ता प्रमुख जनसांख्यिकीय परिवर्तनहरूका कारण दबाब बढिरहेको छ ।

संयुक्त राष्ट्र संघकी उप–महासचिव अमिना जे. मोहम्मदले भन्नुभयो, ‘मध्यपूर्वको संकटले विश्वव्यापी रूपमा धक्का पुर्याएको छ र एशिया–प्रशान्त क्षेत्रका देशहरूलाई विभिन्न तरिकाले प्रभावित गरेको छ, यसको प्रभाव प्रायः सबैभन्दा जोखिममा रहेकाहरूलाई परेको छ।

दिगो विकास नै अनिश्चितताका बीचमा सबै उमेरका मानिसहरूको प्रगति र लचकतालाई बलियो बनाउने हाम्रो सबैभन्दा राम्रो रणनीति हो ।’

‘कोही पनि पछि नपरोस्ः एशिया र प्रशान्त क्षेत्रमा सबै उमेरका लागि समाजको विकास’ भन्ने नाराका साथ आयोजित यस सत्रमा वर्तमान र उदीयमान जनसांख्यिकीय प्रवृत्ति र सामाजिक–आर्थिक प्राथमिकताहरूबारे छलफल गरिएको थियो ।

चिनियाँ उप–परराष्ट्र मन्त्री मा झाओक्सुले एशिया–प्रशान्त क्षेत्रमा द्रूत वृद्धि कायम राख्न खुलापन र सहयोग महत्त्वपूर्ण रहेको बताउनु भयो ।
सिन्ह्वा/ न्युज एजेन्सी नेपाल