२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
उपराष्ट्रपति यादवसँग कोशी प्रदेश प्रमुख खापुङको भेट भारत भ्रमण उपलब्धिमूलक रह्योः परराष्ट्रमन्त्री सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर



अ+ अ-

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसनधान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथ प्रदर्शक देउकला अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निर्माण सेवाका सञ्चालक तथा सम्वद्ध संयुक्त उपक्रमहरुको बैंक खाताबाट देउकला अधिकारीको नाममा रहेको बैंक खातामा रकम जम्मा गराएको पाइएको छ।

आयोगका अनुसार, त्यसरी प्राप्त भएको घुस रकमबाट संयुक्त रुपमा सम्पत्ति खरिद गरेको पाइएको छ । निर्माण सेवा प्रालिले एकल वा संयुक्त उपक्रममा समावेश भई विभागले गरेको ठेक्का सम्झौता मध्ये कुल रु ६४ करोड २१ लाख ८९ हजार बराबरको ठेक्कामा रु चार करोड २२ लाख ७५ हजार, नौ सय ८५ बराबरको रकम घुस लिएको आयोगको आरोप छ ।

भ्रष्टाचार गरेर आर्जन गरेको रकमबाट आपसी मिलेमतो र योजनामा जग्गा एवम् सुन खरिद गरेको तथा विभिन्न व्यक्तिलाई भुक्तानी समेत गरेको पाइएको आयोगले जनाएको छ ।

गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाउने रुपान्तरण तथा हस्तान्तरण  गर्ने गराउने कार्य गैरकानुनी कार्य भएको ठहर गरिएको छ ।

पूरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर श्रेष्ठ र सहायक पथप्रदर्शक अधिकारी विरुद्ध समान रु चार करोड २२ लाख ७५ हजार नौ सय ८५ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । रासस