काठमाडौं: नेपाली लोक दोहोरी संगीत क्षेत्रमा नयाँ गीत ‘रातो रातो बर्को’ को सार्वजनिक भएको छ। गीतमा चर्चित गायक कुलेन्द्र बिश्वकर्मा र लोकप्रिय गायिका रचना रिमालको सुमधुर स्वर रहेको छ।
स्लो मोसन पिक्चर्स द्वारा प्रस्तुत गरिएको उक्त गीतमा प्रथम क्षेत्री न्यौपाने र सनिशा बजगाइ को आकर्षक अभिनय देख्न सकिन्छ। प्रेम, रोमान्स र लोक संस्कृतिको सुन्दर मिश्रणले सजिएको यस गीतले दर्शक तथा स्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
गीतका शब्द नेत्र अर्यालले लेखेका हुन् भने संगीत संयोजन खेम सेञ्चुरीले गरेका छन्। भिडियो निर्देशन प्रितम क्षेत्री ले गरेका हुन्।
हालै सार्वजनिक गरिएको यस गीतले छोटो समयमा नै दर्शकको ध्यान खिच्न सफल भएको छ। लोक दोहोरी संगीतप्रेमीका लागि नयाँ स्वाद दिन सफल ‘रातो रातो बरुको’ अहिले युटुव लगायत विभिन्न डिजिटल प्लेटफर्ममा उपलब्ध छ।











