१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटनामा निष्पक्ष छानबिन र सर्वदलीय संवादको पहल गर्न प्रचण्डको आग्रह सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै अण्डाको मूल्य बढ्यो सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु लागूऔषधसहित काठमाडौँको गाङखेलबाट तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक



अ+ अ-

कास्की । पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता आज सम्पन्न भएको छ ।

कास्की जिल्ला टेनिस सङ्घले आयोजना गरेको प्रतियोगिता पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा यही वैशाख ५ गतेदेखि सञ्चालन भएको हो ।

प्रतियोगितामा १८ वर्षमुनिको ‘ब्वाइज सिंगल्स’ तर्फ दर्शिल श्रेष्ठले स्वर्ण पदक जितेका छन् । यसैगरी, ‘गल्र्स सिंगल्स’तर्फ सारा पन्तले १२ र १४ वर्षमुनि गरी दुवै विधामा स्वर्ण जित्न सफल भइन् ।

दर्शिलले फाइनलमा शाश्वत बज्राचार्यलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गरी च्याम्पियन बनेका हुन् । यू–१६ ‘ब्वाइज’तर्फ सन्दीप विकले स्पन्दन उदासलाई ६–२, ३–६, ६–१ ले फाइनलमा पराजित गरी स्वर्ण पदक जिते भने सन्दीपले रजत पदक हात पारे । यू–१६ गल्र्सतर्फ श्वरा थापाले स्वर्ण जितिनन् भने ऐरा खत्री रजत पदकमा सीमित भइन् । श्वराले फाइनलमा ऐरालाई ४–६, ६–२, ६–१ को सङ्घर्षपूर्ण जित निकालिन् । यू–१२ गल्र्सतर्फ सारा पन्तले फाइनलमा नाइरा घलेलाई ६–२, ६–१ ले हराइन् ।

यसैगरी, यू–१४ तर्फ साराले श्वरा थापालाई ६–४, ६–१ को सहज जित निकाल्दै दुवै विधामा स्वर्ण पदक जित्दा श्वाराले रजत पदक हात पारिन् । यू–१२ ब्वाइजतर्फको फाइनलमा वेदान्त चालिसेले अरित मल्ललाई पराजित गरी स्वर्ण पदक जिते । वेदान्तले अरितलाई फाइनलमा ३–६, ७–६ र ६–२ ले पराजित गरेका थिए ।

यसैगरी, यू–१० ब्वाइजतर्फ कायान चालिसेले फाइनलमा सोनाम घलेलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गरी स्वर्ण पदक जित्दा यू–१४ तर्फ आरित मल्लले वेदान्त चासिलेलाई फाइनलमा ६–४, ६–१ ले पराजित गरी स्वर्ण पदक जिते भने आरितले रजत पदक हात पारे ।

प्रतियोगितामा विजेता खेलाडीहरूलाई प्रतियोगिताका मुख्य प्रायोजक कुमारश्री मोहनबहादुर शाही, उनका नाति भिग्नजित शाही, नेपाल टेनिसका उपाध्यक्ष विनोद कायस्थ, केन्द्रीय सदस्य विष्णुबहादुर थापा, प्रतियोगिताका संयोजक लोकबहादुर गुरुङलगायतले पदक र प्रमाणपत्र पुरस्कार वितरण गर्नुभयो । प्रतियोगितामा कास्कीका १५ जना खेलाडीसहित देशका अन्य जिल्लाबाट गरी ९० खेलाडीको सहभागिता रहेको छ ।