२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

ठगी आरोपमा सहकारी अध्यक्ष पक्राउ, ७ करोडभन्दा बढी रकम हिनामिना आशंका

ठगी आरोपमा सहकारी अध्यक्ष पक्राउ, ७ करोडभन्दा बढी रकम हिनामिना आशंका
अ अ+ अ-

ललितपुर — लगनखेलस्थित गतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बलराम पाठक ठगी आरोपमा पक्राउ परेका छन्। आकर्षक ब्याजको प्रलोभन देखाएर सर्वसाधारणबाट रकम संकलन गरी फिर्ता नगरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार अध्यक्ष पाठकसहित ७ जना संचालक समितिका पदाधिकारीविरुद्ध ४४ जना बचतकर्ताले उजुरी दिएका छन्। उजुरीमा उनीहरूले करिब ७ करोड रुपैयाँ ठगी भएको दाबी गरेका छन्। बचतकर्ताहरूले विभिन्न समयमा जम्मा गरेको रकम फिर्ता माग्दा संस्थाका पदाधिकारीहरूले रकम नदिएको आरोप लगाइएको छ।

उक्त घटनाबारे सहकारी विभागबाट समेत कारबाहीका लागि सिफारिस प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। अनुसन्धानकै क्रममा अध्यक्ष पाठकलाई पक्राउ गरी २०८३ साल वैशाख ६ गते ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले सो सहकारी संस्थामा रकम जम्मा गरेका अन्य पीडितहरूलाई समेत कार्यालयमा सम्पर्क गरी उजुरी दिन आग्रह गरेको छ।