७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

तनहुँ जिल्ला प्रशासनका केही सेवा एकीकृत सेवा कार्यालयको भवनबाट

तनहुँ जिल्ला प्रशासनका केही सेवा एकीकृत सेवा कार्यालयको भवनबाट
अ+ अ-

तनहुँ। जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि आफ्ना केही सेवा साविक एकीकृत सेवा कार्यालयको भवनबाट प्रवाह गर्न सुरु गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले प्रशासन शाखाअन्तर्गतका विभिन्न सिफारिस तथा प्रशासनिक कार्य, भण्डारण शाखा, लेखा शाखाका साथै सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षबाट प्रदान गरिने सेवाहरू एकीकृत सेवा कार्यालयको भवनबाट सञ्चालन हुने जानकारी दिनुभयो ।

यसअघि व्यास नगरपालिकाको स्वामित्वमा रहेको दमौली हल भवनबाट सञ्चालन हुँदै आएका सेवाहरू पनि सोमबारदेखि सोही नयाँ कार्यालयमा स्थानान्तरण गरिएको रेग्मीले बताउनुभयो । कठिन परिस्थितिमा जिल्ला प्रशासनका सेवा सञ्चालन गर्न सहयोग पुर्‍याएकामा व्यास नगरपालिकाप्रति धन्यवाद व्यक्त गर्दै कार्यालयले एकीकृत सेवा कार्यालयको भवन प्रयोग गर्न दिने निर्णय गरेकामा गण्डकी प्रदेश सरकारप्रति विशेष आभार प्रकट गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ स्थानबाट सेवा प्रवाह सुरु गरिएको जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारले साविकको सामाजिक विकास कार्यालय र घरेलु, पर्यटन तथा उद्योग कार्यालयलाई एकीकरण गरी एकीकृत सेवा कार्यालय सञ्चालनमा ल्याइएको हो ।

यसअघि दुई फरक भवनबाट सेवा दिँदै आएको एकीकृत कार्यालयलाई हाल पुरानो घरेलु तथा साना उद्योग कार्यालयको भवनमा सारिएको छ । एकीकृत कार्यालय एकै ठाउँमा सीमित गराएर खाली बनाई सामाजिक विकास कार्यालयको भवनलाई प्रशासनले प्रयोगमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले उल्लेख गर्नुभयो । उहाँका अनुसार प्रशासन कार्यालयले क्षति पुगेको पुरानै प्रशासनिक भवनबाट नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरू प्रदान गरिरहेको छ ।

गत भदौमा भएको जेनजी आन्दोलनबाट क्षति भएको भवनलाई मर्मत गरी केही समय सेवा प्रवाह गरिए पनि कार्यकक्षको अभाव थियो । अब अन्य प्रशासनिक तथा शान्ति सुरक्षासम्बन्धी सेवाहरू सामाजिक विकास कार्यालयमा स्थापना गरिएको नयाँ शाखाबाट प्रदान गरिने उहाँले जानकारी दिनुभयो । रासस