४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

पूर्णबहादुरले पक्रने अबको बाटो: मिल्ने कि अर्को पार्टी खोल्ने ?

पूर्णबहादुरले पक्रने अबको बाटो: मिल्ने कि अर्को पार्टी खोल्ने ?
अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवाद टुंगिने गरी फैसला गरेर गगन थापा पक्षलाई मान्यता दिएपछि पार्टीका दुई पक्षबीचको विवाद सकिएको छ । तर, यो विवाद सकिन नपाउँदै फेरि पार्टीभित्र गगन थापा पक्षमै समेटिएर सबै एकसाथ सँगै अघि बढ्ने कि अर्को पार्टी खोलेर जाने भन्ने विषयमा भने मतभेद र भिन्नताहरु झनै गहिरिँदै गएका छन् ।

त्यसैले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले आफ्नै र उता पार्टीका अर्का नेता पूर्णबहादुर खड्का पक्षले पनि आफ्नै समूहका बैठकहरु गरिरहेका छन् । ती दुवै पक्षले सर्वोच्चको फैसलाको स्वागत त गरेका छैनन् तर यसको विकल्प नभएकाले मान्ने बताइसकेका छन् ।

त्यसो भए सर्वोच्चले नै मान्यता दिएको गगन थापाको पक्षमा नै समेटिएर जाने त ? यो प्रश्नको जवाफ पनि सबैले दिन सकेका छैनन् । उनीहरु आफ्ना आफ्ना समूहका सदस्यहरुसँगको बैठकमा जुटेका छन् र आन्तरिक छलफलहरुमा गगन थापाको नेतृत्वको कांग्रेसले आफूहरुलाई ठाउँ र भ्यालु नै नदिने भएकाले त्यहाँ अट्न नसकिने धारणा पनि धेरैले राखिरहेका छन् ।

जस्तो कि आजैमात्र पनि निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षको काठमाडौंको धुम्बाराहीमा बसेको बैठकको छलफल सहभागीहरुले छुट्टै पार्टी खोलेर जानुपर्ने धारणा राखेका थिए ।

आज नेता खड्काले २०७८ सालको १४ औं महाधिवेशनबाट निर्वाचित समितिका आफू निकट रहेका पदाधिकारी र केन्द्रीय सदस्यहरू सो बैठकमा बोलाएका थिए । विशेष महाधिवेशनविरूद्ध दिएको रिट सर्वोच्च अदालतले खारेज गरेपछि खड्काले लगातार छलफल राख्दै आएका छन् । शनिबार केही नेताहरूसँग निवास गोल्फुटारमा छलफल गरेका उनले आइतबार पनि बैठक राखेका थिए ।

हिजो नै खड्का निवासको छलफलमा बेग्लै पार्टी बनाएर जाने भन्ने विषयमा धेरैले धारणा राखेका थिए । त्यही प्रस्तावलाई आजको छलफलमा ल्याइएको थियो । तर यस विषयमा कुनै टुंगो लागिसकेको भने छैन । उनीहरुले आज पनि छलफललाई निरन्तरता दिएका छन् । अलग्गै पार्टी खोलेर जाने विषयमा सदस्यहरुको सबैको धारणा सुन्ने र निर्णय गर्ने रणनीतिमा खड्का रहेका छन् ।

उता कांग्रेसको डा शेखर कोइराला समूह पनि अबको रणनीतिका विषयमा घनिभूत छलफलमा रहेको छ । डा कोइरालाले पनि आफ्ना पक्षका नेतालाई निरन्तर छलफलमा बोलाएका छन् । अहिले उनीसँग सशांक कोइराला र सुजाता पनि छन् । उनीहरुले पनि सर्वोच्चको फैसला स्वीकार गरेर जाने रणनीति भने तय गरेका छन् ।

उनको निवासमा बसेको आजैको बैठकले पनि अब पार्टीमा एकता कायम राख्ने नराख्ने जिम्मेवारी पार्टीका सभापति गगन थापाको रहेको बताएको छ । सो समूहको पनि आज बिहान नेता डा कोइराला निवासमा बैठक बसेको थियो । कोइराला पक्षीय सो भेलाले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने निर्णय गरेको छ र अबका दिनमा पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने कि के गर्ने भन्ने जिम्मेवारी पार्टी सभापति थापाको भएको पनि बताएको छ ।

सो समूहमा सहभागी एकजना नेताका अनुसार डा कोइरालाले पनि सर्वोच्च अदालतको फैसलालाई मान्नुको विकल्प नरहेको बताएका थिए । तर, त्यसपछि पनि पार्टी कसरी अघि बढाउने भन्ने विषयमा सभापति गगन थापाले नै पहल गर्नुपर्नेमा उनको धारणा रहेको थियो ।

आज बसेको सो बैठकमा निवर्तमान उपसभापति धनराज गुरुङ, पूर्वमहामन्त्री डा शशांक कोइराला, निवर्तमान सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे तथा नेताहरू बलबहादुर केसी, डा.मीनेन्द्र रिजालसहित १४ केन्द्रीय नेताहरूको सहभागिता रहेको थियो । सो बैठकले सर्वोच्चको फैसला स्वीकार गर्ने निष्कर्ष निकालेको थियो ।

तर पार्टीलाई कसरी एक बनाउने र त्यसका लागि सभापति थापाले के गर्नुपर्छ भन्ने विषयमा भने सो समूहले तथा सो समूहका संयोजक डा शेखर कोइरालाले केही बताएको छैन । हिजोका दिनमा पनि डा कोइरालाले यस्तै अमूर्त भाषामा अभिव्यक्ति दिने गर्दथे । जसले गर्दा उनको पक्ष या विपक्ष भन्ने कुनै अडान नै हुँदैनथ्यो । डा कोइरालाले तत्कालीन सभापति शेरबहादुर देउवाको विरोध त गर्थे तर त्यसको विकल्प भने दिँदैनथे ।

पार्टीको विशेष महाधिवेशन गर्ने बेलामा पनि डा कोइरालाले सुरुमा त गगन थापाको पक्षकै विरोध गरे तर पनि जब थापाले विशेष महाधिवेशनबाट निर्वाचित समूहलाई निर्वाचन आयोगले मान्यता दियो त्यसपछि उनले फेरि बोली फेरे र कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बोलाएका बैठकमा जान छोडे । अहिले पनि उनी आफ्नै समूहको बैठक गरिरहेका छन्, न खड्काको बैठकमा गएका छन् र नत गगन थापाको । आज पनि उनले आफ्नै निवासमा आफू पक्षीय नेताको बैठक बोलाएर अब पार्टीलाई एकताबद्ध गर्ने या नगर्ने जिम्मेवारी सभापति गगनकै भनेर प्रतिक्रिया दिएका छन् ।

उता पूर्व कार्यबाहक सभापति खड्कालाई भने पार्टीको संस्थापन पक्षले कारबाही गर्न ठिक्क परेको छ । पार्टीको अनुशासन समितिले नै उनलाई स्पष्टिकरण सोधेको छ तर खड्काले भने आफूले त्यस्तै हास्यास्पद समितिको कार्यको कुनै रेस्पोन्स नगर्ने भनेर बसेका छन् ।

कांग्रेसको अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति खड्कालाई पार्टी विधानबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ । केन्द्रीय सदस्य तारामान गुरुङ नेतृत्वको समितिले वैशाख २ गते नभएको पद उल्लेख गरी पार्टीको लेटरप्याडमा विज्ञप्ति जारी गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

अनुशासन समितिको निर्णयमा लेखिएको छ, ‘नेपाली कांग्रेसको पूर्वउपसभापति पूर्णबहादुर खड्काद्वारा अनधिकृत रूपमा प्रेस विज्ञप्ति जारी गर्ने कार्य पार्टीको विधान विपरीत देखिएकोले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टीकरण सोध्ने निर्णय गर्दछ ।’

यतिहुँदा हुँदै पनि अबको बाटो भने तय भैसकेको छैन । यता शेरबहादुर पूर्णबहादुर र उता डा कोइराला पक्षको रणनीति कुरेर पनि होला सभापति गगन थापा र उनी पक्षका कुनै नेताको केही प्रतिक्रिया आएको छैन । दुवै तर्फबाट एक प्रकारको सन्देश स्वरुप पार्टीलाई मिलाएर लैजाने जिम्मा सभापति थापाको रहेको आइसकेको अवस्थामा आफूसहित तीन पक्षलाई नै मिल्ने गरी कसरी अघि बढाउने भन्ने रणनीतिमा सभापति थापा पक्ष रहेको हुनुपर्दछ ।

त्यसैले अब पूर्णबहादुरले कुन बाटो पक्रने ? मिलेर जाने कि अर्काे पार्टी खोल्ने ? यस विषयको निक्र्यौल पनि सभापति थापाले लिने रणनीतिमा नै तय हुनसक्छ । सम्भवतः दुवै पक्षको आसय सभापति थापाले पार्टीका विभिन्न विभाग र केन्द्रीय समितिमा मनोनित गर्न बाँकी नै रहेकाले त्यसमा समेट्नुपर्छ भन्ने हुनसक्छ । अथवा पार्टीको आगामी महाधिवेशनका लागि निर्माण हुने तयारी समितिमा दुवै पक्षबाट सदस्य राख्नुपर्छ भन्ने पनि हुनसक्छ ।