१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

७ न्यायाधीश नियुक्त



अ+ अ-

काठमाडौं । न्यायपरिषद्ले सात रजिष्ट्रार र उपरजिष्ट्रारलाई जिल्ला न्यायाधीश नियुक्त गरेका छन् । मंगलबार बसेको परिषद्को बैठकले विभिन्न अदालतमा कार्यरत रजिष्ट्रार र उपरजिष्ट्रारसहित सात जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो । परिषद्को सिफारिसलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नियुक्त गर्नेछन् । सर्वोच्च अदालतका पाँच जना उपरजिष्ट्रार जिल्ला न्यायाधीश सिफारिस भएका छन् ।

सर्वोच्च अदालतका उपरजिष्ट्रार विद्याराज पौडेललाई रुकुम र महेन्द्रराज काफ्लेलाई जिल्ला अदालत सोलुखुम्बुमा सिफारिस गरिएको छ । त्यस्तै, सर्वोच्चकै तीन उपरजिष्ट्रार इन्दिरा शर्मा, मनकुमारी जिएम विक र रिताकुमारी बख्रेललाई क्रमशः झापा, बाँके र सप्तरी जिल्ला अदालतमा न्यायाधीश सिफारिस गरिएको परिषद्द्वारा जारी विज्ञप्तिमा भनिएको छ । न्यायाधीश सिफारिस हुनेमा उच्च अदालत दीपायलका रजिष्ट्रार टेकराज जोशी पनि छन् ।

उनलाई डोल्पा जिल्ला अदालतमा न्यायाधीश सिफारिस गरिएको छ । उच्च अदालत तुलसीपुरका रजिष्ट्रार गेहेन्द्रराज पन्त जिल्ला अदालत भोजपुरका लागि सिफारिस भएका छन् । यसैगरी न्यायापरिषद्को बैठकले पाँच न्यायाधीशको सरुवा पनि गरेको छ । जिल्ला अदालत भोजपुरका न्यायाधीश खिलनाथ रेग्मीलाई बारा जिल्ला अदालत, खोलुखुम्बुका न्यायाधीश अमृतबहादुर बस्नेतलाई झापा जिल्ला अदालत सरुवा गरिएको छ ।

त्यस्तै, नवलपुर जिल्ला अदालतबाट अम्बिका प्रसाद निरौलालाई काठमाडौं जिल्ला अदालत ल्याएको छ । दोलखाबाट न्यायाधीश तेजबहादुर खड्कालाई मोरङ र रुकुमबाट आत्मदेव जोशीलाई धादिङ जिल्ला अदालत सरुवा गरिएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । सौर्य दैनिकबाट