८ भाद्र २०८३, सोमबार
,
Latest
गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग पशुपतिनाथमा विशेष पूजा कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस संसदीय दल नेता चयनमा ढिलाइप्रति सांसदहरुको असन्तुष्टि



अ+ अ-

काठमाडौँ। संसदीय दलको नेता चयन गर्न ढिलाई भएको भन्दै नेपाली काँग्रेसका सांसदहरुले असन्तुष्टि जनाएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको सांसदहरुको बैठकमा बोल्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् । सांसद अर्जुननरसिंह केसीकाअनुसार बैठकमा ३८ सांसदमध्ये २६ जना सांसदहरुले संसदीय दलको नेता चयन प्रक्रिया छिटो टुंग्याउनुपर्ने धारणा राखेका छन् ।

उहाँले दलभित्र सहमतिका आधारमा दलको नेता चयन हुनुपर्नेमा जोड दिनुभयो । सबै सांसदले नेतृत्वमा दाबी गर्नसक्ने भएपनि सहमतिको बाटो रोज्दै निष्कर्षमा पुग्नुपर्ने उहाँको मत छ ।

उहाँले संसदीय दलको नेता चयन प्रक्रिया चाँडो टुंग्याउने विषयमा छलफल केन्द्रित रहेको बताउँदै सम्भतः आगामी हप्ताभित्र नेता चयन भइसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘३८ जना माननीयमध्ये २४,२५ जनाले बोल्नुभयो । सबैजनाले संसदीय दलको नेता चयनमा ढिलो भएको भन्ने गुनासो राख्नुभयो । र यसमा सहमतिपूर्ण ढंगले निष्कर्ष निकालौँ भन्ने सबैको मत थियो ।

नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी हो । त्यसकारण सबै सांसदको दलको नेता हुने दाबी पुग्छ । त्यसका सबै साथिहरुको दाबीलाई सँगसँगै राखेर सहमति गरौँ भन्ने दाबी भएको छ । संसदीय दलको नेता चयन प्रक्रियालाई चाँडो टुंग्याउने भन्ने विषयमा नै आजको छलफल केन्द्रित रह्यो । अब भोलि शनिवार नै भयो । अर्को हप्ताभित्रमा हामी यसलाई टुंग्याउँछौँ ।’

सहमतिमार्फत दलको नेतामा सहमति नजुटे निर्वाचन प्रक्रियामार्फत अघि बढ्ने उहाँको भनाइ छ ।–न्युज एजेन्सी नेपाल




भर्खरै