८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

टर्की विद्यालयमा गोलीकाण्ड, १६ घाइते

टर्की विद्यालयमा गोलीकाण्ड, १६ घाइते
अ+ अ-

इस्तानबुल। टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा पूर्व विद्यार्थीबाट गरिएको अन्धाधुन्ध गोलीकाण्डमा कम्तीमा १६ जना घाइते भएका छन् । यस गोलीकाण्डले देशमा विद्यालय सुरक्षाबारे पुनः गम्भीर चिन्ता उत्पन्न गराएको छ ।

सान्लिउर्फा प्रान्तको सिभेरेक जिल्लास्थित उक्त विद्यालयमा मङ्गलबार भएको घटनापछि सुरक्षाकर्मीहरू व्यापक रूपमा परिचालन गरिएका थिए । स्थानीय गभर्नर हसन सिल्डकका अनुसार घटनापछि विद्यालय तत्काल खाली गराइएको थियो र विद्यार्थीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो ।

टेलिभिजन दृश्यहरूमा त्रसित विद्यार्थीहरू भाग्दै गर्दा विद्यालय बाहिर एम्बुलेन्सहरू तैनाथ गरिएको देखिएको थियो । घटनाले आसपास क्षेत्रमा पनि भय र अफवाह फैलाएको थियो ।

गभर्नर सिल्डकका अनुसार आक्रमणकारी सन् २००७ मा जन्मिएका सोही विद्यालयका पूर्व विद्यार्थी थिए । प्रहरीद्वारा घेराबन्दी गरिएपछि उनले आफ्नै ज्यान लिएका थिए । प्रारम्भिक विवरणअनुसार उनले पम्प–एक्सन सटगन प्रयोग गर्दै विद्यालयको करिडोरमा अन्धाधुन्ध गोली चलाएका थिए ।

टर्कीको गृह मन्त्रालयका अनुसार घाइतेमध्ये १० जना विद्यार्थी, चार जना शिक्षक, एक प्रहरी अधिकारी र एक क्याफेटेरिया सञ्चालक रहेका छन् । मन्त्रालयले आक्रमणकारीले घटनापछि त्यही हतियार प्रयोग गरेर आत्महत्या गरेको जनाएको छ ।

घटनापछि गभर्नर सिल्डकले विद्यालयको निरीक्षण गर्दै यसलाई अत्यन्त दुःखद घटना बताउनुभयो । उहाँले सुरक्षासम्बन्धी सबै आवश्यक उपाय अपनाइए पनि यस्ता पृथक घटनाहरू हुन सक्ने उल्लेख गर्दै घटनाको गहिरो अनुसन्धान गरिने बताउनुभयो ।

टर्कीमा विद्यालयभित्र गोलीकाण्डका घटना दुर्लभ मानिन्छन् । यद्यपि, सन् २०२४ मे महिनामा इस्तानबुलमा एक पूर्व विद्यार्थीले निष्कासन गरिएको पाँच महिनापछि निजी विद्यालयका प्रिन्सिपलको गोली हानी हत्या गरेको घटना सार्वजनिक भएपछि विद्यालय सुरक्षाबारे देशव्यापी बहस सुरु भएको थियो ।

उक्त घटनापछि हजारौँ शिक्षकहरूले सुरक्षा व्यवस्था कडा बनाउन माग गर्दै प्रदर्शन गरेका थिए । टर्कीमा बन्दुकसम्बन्धी कडा कानूनी व्यवस्था रहे पनि यस्ता छिटपुट घटनाले चुनौती कायम रहेको देखाएको छ ।

हालको घटनाले पुनः एकपटक विद्यालयहरूमा सुरक्षा संयन्त्र कति प्रभावकारी छ भन्ने प्रश्न उठाएको छ र सरकारले आगामी दिनमा थप कडा उपायहरू अपनाउने अपेक्षा गरिएको छ । रासस