१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड, शिक्षामन्त्री पोखरेलद्वारा प्रधानाध्यापकसँग छलफल प्रभु बैंककी सिबिओ रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउ, ४८ करोड कर्जा प्रकरणमा अनुसन्धान सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न मानव अधिकार आयोगको सरकारलाई सिफारिस राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्धारित समयभन्दा अघि सर्रे खोलाको पुल सम्पन्न हुने



अ+ अ-

सिरहा। जिल्लाको लहान नगरपालिका-२४ स्थित गोविन्दपुर र झुट्की गाउँलाई जोड्ने सर्रे खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

आगामी असोजसम्मको समयसीमा रहे पनि निर्माण कम्पनीले मनसुन अगावै पुल सञ्चालनमा ल्याउने गरी कामलाई तीव्रता दिएको हो ।

कुल १७० मिटर लम्बाइको यो पुलमा तीनवटा स्पान रहेका छन्, जसमध्ये दुई वटाको काम पूरा भइसकेका छन् भने बाँकी एउटा स्पानको काम अन्तिम चरणमा पुगेको छ । रु ३१ करोड २९ लाख ५३ हजार २५० (भ्याटसहित) को लागतमा ‘हिराचन्द कन्स्ट्रक्सन’ले यसको निर्माण गरिरहेको छ ।

पुल निर्माण कम्पनीका ‘प्रोजेक्ट इन्जिनियर’ प्रज्वल बस्नेतका अनुसार विसं २०८० जेठ ३१ गते सम्झौता भएको यस आयोजनालाई तोकिएको समयभन्दा अगाडि हस्तान्तरण गर्ने लक्ष्य छ । उहाँले भन्नुभयो, “हामीले आगामी मनसुन सुरु हुनुअघि नै पुल निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ ।”

पुल नहुँदा खोलापारिका खेस्राहा, डाडाँटोल र मानिकदह क्षेत्रका स्थानीयले वर्षौंदेखि सास्ती खेप्दै आएका थिए । स्थानीय वीरेन्द्र यादवले विगत सम्झँदै भन्नुभयो, “खोलामा बाढी आउँदा घण्टौँ किनारमा बस्नुपथ्र्यो । बिरामी पर्दा एम्बुलेन्स आउन सक्दैनथ्यो, अब ती दिन सकिने भए ।” लहान बजारबाट करिब आठ किलोमिटर उत्तरमा रहेको यो पुलले लहानका साथै धनगढीमाई नगरपालिका–१२ को सिमलटोकीका बासिन्दालाई ठूलो राहत दिनेछ ।

यो पुल निर्माण हुनुमा स्वर्गीय नेता प्रदीप गिरीको ठूलो योगदान रहेको स्थानीय बताउँछन् । विसं २०७४ को निर्वाचनमा यस क्षेत्रबाट उम्मेदवार हुँदा उहाँले गर्नुभएको प्रतिबद्धता र निर्वाचित भएपछिको निरन्तर पहलकै कारण अहिले पुल निर्माण अन्तिम चरणमा पुगेको हो ।

स्थानीय शिवदत राईले भन्नुभयो, “विगतमा यो पुल सधैँ चुनावी नारा मात्र बन्थ्यो । अब यो सपना साकार भएको छ । लहानकै सबैभन्दा बढी तरकारी उत्पादन हुने यस क्षेत्रका किसानलाई अब वर्षायाममा पनि बजारसम्म उत्पादन पु¥याउन सहज हुनेछ ।”

लहान-२४ का वडाध्यक्ष राशलाल राय राजपुतले पुल निर्माणले यस क्षेत्रको विकासका लागि ढोका खोलेको बताउनुभयो । उहाँले भन्नुभयो, “झुटकी गाउँ चारैतिरबाट सर्रे खोलाले घेरिएको कारण वर्षामा टापु जस्तै बन्थ्यो ।

बिरामीलाई अस्पताल पुर्‍याउन र किसानलाई बजार पुग्न निकै कठिन थियो । अब यो पुलले पर्यटकीय स्थल मानिकदहसम्म बाह्रै महिना सहज पहुँच पुर्‍याउनेछ, जसले स्थानीयको जीवनस्तर बदल्ने निश्चित छ ।” पुल निर्माणसँगै सिरहाको प्रसिद्ध धार्मिक स्थल सलहेश फूलबारी, मानिकदह, पकडियागढ र मैसोथासम्मको ‘कनेक्टिभिटी’ बलियो हुनेछ ।  रासस