८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

स्पेनमा ‘आध्यात्मिक महोत्सव’ सम्पन्न

स्पेनमा ‘आध्यात्मिक महोत्सव’ सम्पन्न
अ+ अ-

पोर्चुगल। स्पेनको बार्सिलोनामा सञ्चालित ‘स्पेन आध्यात्मिक महोत्सव’ भव्यताका साथ सम्पन्न भएको छ ।

बार्सिलोनामा नेपाल घर तथा मन्दिर निर्माणार्थ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) स्पेनले आयोजना गरेको उक्त महोत्सवबाट रु पाँच करोड बढी आर्थिक सहयोग सङ्कलन भएको छ ।

पाँच दिनसम्म सञ्चालन भएको महोत्सवबाट तीन लाख सात हजार युरो अर्थात् रु पाँच करोड ३० लाख आर्थिक सहयोग सङ्कलन भएको महोत्सवका संयोजक एवं एनआरएनए स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

महोत्सवबाट एक लाख तीन हजार युरो नगद सङ्कलन भएको छ भने बाँकी दुई लाख चार हजार युरो दाताले दान गर्ने प्रतिबद्धतासहित घोषणा गरिएको श्रेष्ठले बताउनुभयो । महोत्सवमा सबैभन्दा बढी दान स्पेनवासी नेपाली व्यवसायी बालकृष्ण तिवारीले १५ हजार ५५५ युरो र अर्का व्यवसायी वीरबहादुर सार्कीले सात हजार ७७७ युरो सहयोग गर्नुभएको उहाँले जानकारी दिनुभयो ।

महोत्सवबाट दुई लाख युरो सङ्कलन गर्ने लक्ष्य राखिए पनि दाताहरूले उत्साहका साथ सहयोग गरेकाले दान रकम अपेक्षा गरिएको भन्दा बढी सङ्कलन भएको उहाँले बताउनुभयो । “महोत्सवले आर्थिक सङ्कलन मात्र नभई सकारात्मक ऊर्जा, आत्मिक शान्ति र आध्यात्मिक जागरणको अभिवृद्धि गर्नाका साथै विदेशी भूमिमा नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा टेवा पु¥याएको छ”, श्रेष्ठले रासससँग भन्नुभयो ।

स्पेनवासी नेपाली समुदायको सामाजिक, सांस्कृतिक तथा धार्मिक गतिविधिका लागि बहुउपयोगी साझा केन्द्र स्थापना गर्ने लक्ष्यसहित बार्सिलोनामा ‘नेपाल घर’ तथा मन्दिर निर्माणका लागि महोत्सव सञ्चालन गरी सहयोग सङ्कलन गरिएको श्रेष्ठले बताउनुभयो । महोत्सवबाट सङ्कलित रकममा थप रकम जुटाएर करिब पाँच लाख युरोको लागतमा नेपाल घर तथा मन्दिर निर्माण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न सहयोग गरेको भन्दै स्पेनमा क्रियाशील नेपाली सङ्घसंस्थासहित स्पेनवासी नेपाली समुदायलाई संयोजक श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभएको छ । महोत्सवमा प्रमुख वाचक वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले श्रीमद्भागवतसहित वेद र बौद्ध दर्शनमा आधारित रहेर प्रवचन दिनुभएको थियोे । रासस