२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जनअपेक्षाअनुसार सेवा सुधार गर्न सरकार प्रतिबद्ध छ’



अ+ अ-

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन प्रवर्द्धन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।

नयाँवर्ष २०८३ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले जनअपेक्षाअनुसार सेवाप्रवाहलाई सहज, प्रभावकारी र जनमैत्री बनाउनेतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको हो ।

मुख्यमन्त्री आचार्यले संविधानले प्रत्याभूत गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयनमार्फत प्रदेशको दिगो विकासका लागि विभिन्न नीति, कार्यक्रम र योजना कार्यान्वयनमा रहेको जानकारी गराउनुभएको छ । उहाँका अनुसार स्थानीय स्रोत, साधन र उत्पादनमा आधारित उद्यमशीलता प्रवर्द्धन, नवप्रवर्तन तथा रोजगारी सिर्जनामा विशेष जोड दिइएको छ । शून्यबाट सुरु भएको प्रदेश संरचनालाई संस्थागत गर्दै सबल, सक्षम र उत्तरदायी शासन प्रणाली निर्माणमा उल्लेखनीय प्रगति हासिल भएको पनि उहाँले बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले नयाँ वर्ष विगतको समीक्षा गर्दै भविष्यको स्पष्ट दिशातर्फ अघि बढ्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्नुभयो । आशा, उत्साह र नयाँ सङ्कल्पका साथ सकारात्मक ऊर्जा र सामूहिक जिम्मेवारीका रूपमा यो क्षणलाई लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले वर्तमान परिवेशमा राजनीतिक स्थायित्व, सुशासन र विकासबीचको समन्वय अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै समावेशी, न्यायपूर्ण र समुन्नत समाज निर्माणतर्फ सबैले सहकार्य गर्नुपर्ने बताउनुभयो ।  रासस




भर्खरै