८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

ऊर्जा सङ्कट सामनाका लागि विद्युतीय ऊर्जा प्रयोगलाई प्रोत्साहन गरिने इयु प्रमुखको भनाइ

ऊर्जा सङ्कट सामनाका लागि विद्युतीय ऊर्जा प्रयोगलाई प्रोत्साहन गरिने इयु प्रमुखको भनाइ
अ अ+ अ-

ब्रसेल्स। ब्रसेल्सले इरान युद्धको कारण उच्च ऊर्जा लागतको सामना गर्ने योजना अर्को हप्ता प्रस्तुत गर्ने भएको छ। यसका लागि गर्मी मौसम अघि नै युरोपको विद्युतीकरणलाई बढावा दिन एक व्यापक प्याकेज अनावरण गर्ने इयु प्रमुख उर्सुला भोन डेर लेयनले सोमबार बताउनुभयो ।

ऊर्जा सङ्कटले २७ राष्ट्रहरूको समूहलाई उच्च जीवाश्म इन्धनको को लागि २२ अर्ब युरो (२६ अर्ब डलर) भन्दा बढी खर्चको सामना गर्नुपरेको भोन डेर लेयनले यस मुद्दामा केन्द्रित इयुको शीर्ष कार्यकारी निकायको बैठकपछि भन्नुभयो ।

“यो खर्चले स्पष्ट पार्छ कि हामीले जीवाश्म इन्धनमा हाम्रो अधिक निर्भरताको लागि धेरै उच्च मूल्य चुकाइरहेका छौँ,“ युरोपेली आयोग प्रमुखले नवीकरणीय र आणविक ऊर्जामा छिटो प्रवेश गर्नुपर्नेमा जोड दिँदै ब्रसेल्समा एक पत्रकार सम्मेलनमा भन्नुभयो ।

“हामीले स्वदेशीय, सस्तो, भरपर्दो ऊर्जालाई मापन गर्न आवश्यक छ,“ उहाँले भन्नुभयो । आयोगले समूहका सदस्य राष्ट्रहरूमा विद्युतीय ग्रिड जडानलाई गति दिने उद्देश्यका साथ नयाँ नियमहरू ल्याउने र गर्मी अघि ‘विद्युतीकरण रणनीति’ प्रस्तुत गर्ने आशा गरिरहेको छ।

फेब्रुअरी २८ मा इरानमा अमेरिका–इजरायल आक्रमण सुरु भएदेखि तेल र ग्यासको मूल्य बढेको छ, तेहरानले रणनीतिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’लाई प्रभावकारी रूपमा अवरुद्ध गरेको छ भने खाडी ऊर्जा पूर्वाधारमा आक्रमण गरेर प्रतिकार गरेको छ।

“लागतको अभावलाई सम्बोधन गर्न आयोगले सदस्य राष्ट्रहरूलाई ‘सबैभन्दा बढी प्रभावित क्षेत्रहरू’ लाई सहयोग गर्न थप ठाउँ दिन इयुले सहायता नियमहरू खुकुलो पार्ने विचार गरिरहेको छ,” भोन डेर लेयनले भन्नुभयो ।

साइप्रसमा युरोपेली सङ्घका नेताहरूको अनौपचारिक बैठकअघि अर्को हप्ता प्रस्तुत गरिने प्याकेजको एक भागको रूपमा विवरणहरू सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

आयोगले सदस्य राष्ट्रहरूले बजारमा एक अर्काको बिरूद्ध प्रतिस्पर्धा नगर्न सकून भनी तेल भण्डारलाई बजारमा ल्याउन र समूहमा ग्यास भण्डारण भर्ने समन्वय गर्न खोजिरहेको छ । सदस्य राष्ट्रहरूबिच नै बजारमा एक अर्काको बिरूद्ध प्रतिस्पर्धा हुँदा यस्तो प्रतिस्पर्धाले मूल्य वृद्धिलाई बढाएको छ ।

“भवन निर्माण र औद्योगिक सञ्चालनका लागि उपकरणहरूको थप विस्तार नगरी ऊर्जा दक्षतालाई समर्थन गर्ने कदमहरू पनि विचार भइरहेको छ”, आयोगका अध्यक्षले थप्नुभयो ।

“सबैभन्दा कम खर्चिलो ऊर्जा भनेको प्रयोग नगरिएको विद्युतीय ऊर्जाको प्रयोग हो,” उहाँले भन्नुभयो। भोन डेर लेयनले बिजुली कर र ग्रिड शुल्कमा सुधार गर्ने प्रस्ताव मेमा आउने बताउनुभयो । (रासस/एएफपी)