१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले दलहरुमाथि नै प्रतिबन्ध लगाउने खालका गतिविधि गरिरहेको छः राष्ट्रिय सभा सांसद विष्ट



अ+ अ-

काठमाडौँ। राष्ट्रिय सभाका सांसद नरबहादुर विष्टले सरकारले दलहरुमाथि नै प्रतिबन्ध लगाउने खालका गतिविधि गरिरहेको आरोप लगाउनु भएको छ ।

सोमवार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उहाँले सो आरोप लगाउनुभएको हो ।

सांसद विष्टले सरकारले दुई तिहाईको बलामा संविधान र कानूनमाथि आक्रमण गरिरहेको जिकिर पनि गर्नु भयो । संविधान, कानून र विधि नजानेकाहरुले मुलुकलाई अप्ठयारोमा पार्ने अवस्था रहेको सांसद विष्टको बुझाई थियो ।

उहाँले भन्नुभयो, ‘विद्यार्थी संगठनहुँदै पार्टी माथि नै प्रतिबन्ध लगाउने यिनीहरुको जुन हर्कत देखिदैछ । विस्तारै यिनीहरु बलजफती प्रधानमन्त्री कार्यालयमा कानून नै थाहा नभएका मानिसहरुको विगविगी छ । न यिनले संविधान पढेका छन्, न कानून पढेका छन् । न विधि पढेका छन, अनुशासन ।

दुई तिहाई भयो, जब्बरजस्ती गरिहालिन्छ भन्ने जुन बुझाई छ । मुलुकलाई कानूनी राज्यको मान्यता अनुसार अघि बढाउन राष्ट्रिय सभाले विशेष भूमिका खेल्नुपर्छ । त्यसमा हामी सफल हुन्छौ भन्ने मलाई लाग्दछ ।’

सांसद विष्टले सरकारले अनावश्यक रुपमा सेवा सुविधा लिने काम गरिरहेको भन्दै आपत्ति समेत जनाउनु भयो । –न्युज एजेन्सी नेपाल




भर्खरै