८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

दुई सय तीन शाखा अधिकृतको दीक्षान्त

दुई सय तीन शाखा अधिकृतको दीक्षान्त
अ अ+ अ-

ललितपुर।  नेपाल सरकारका नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका शाखा अधिकृत वा सो सरहका दुई सय तीन अधिकृतको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल, ललितपुरले सञ्चालन गरेको ४०औँ आधारभूत प्रशासन प्रशिक्षण आज सम्पन्न भएसँगै उहाँहरूलाई दीक्षान्त गरिएको हो ।

कार्यक्रममा स्टाफ कलेजका कार्यकारी निर्देशक रामशरण पुडासैनीले नयाँ मानक स्थापना गर्दै देशका लागि सम्झनलायक काम गर्न आग्रह गर्नुभयो ।

“प्रतिबद्धतालाई व्यवहारमा लागू गर्नुहोला, राष्ट्रसेवकको हैसियतले धेरै कुराको सुधार र मानक स्थापित गर्ने सन्दर्भमा स्टाफ कलेजले आफ्नो नियमिततालाई परिस्कृत गर्दै अगाडि बढिरहेको छ । यहाँको सिकाइलाई व्यवहारमा उतार्दै नयाँ उचाईँ हासिल गर्न नीतिगत पुनःसंरचनाका विषयमा हामीसँगसँगै छौँ”, उहाँले भन्नुभयो ।

स्टाफ कलेजले हरेक वर्ष चार हजार कर्मचारीलाई प्रशिक्षण दिने गरेको जानकारी गराउँदै कार्यकारी निर्देशक पुडासैनीले सेवा प्रवाहलाई थप प्रभावकारी र मितव्ययी बनाउन ध्यान दिइएको बताउनुभयो ।

कार्यक्रममा सङ्घीय संसद् सचिवालयका सचिव सुरजकुमार दूराले नवप्रवेशी अधिकृतहरूलाई अध्ययन र अनुसन्धानलाई निरन्तरता दिँदै देशहितका पक्षमा काम गर्न आग्रह गर्नुभयो ।

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख महेश बरालले समयको परिपालना गर्दै सार्वजनिक सेवाको मूल्यलाई उच्च राख्न आग्रह गर्नुभयो । उहाँले आफूले गरेको कामप्रति सधैँ जवाफदेही हुनेगरी लाग्नुका साथै ज्ञान, सीप र क्षमतालाई सही ढङ्गले उपयोग गर्नु सुझाव दिनुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मानव संशाधन तथा योजना महाशाखाका उपसचिव लेखनाथ न्यौपानेले निजामती सेवाको छविलाई उच्च राख्दै राष्ट्रको सेवासँगै आफ्नो क्षमता विकासमा ध्यान दिन आग्रह गर्नुभयो ।

स्टाफ कलेजका सार्वजनिक सेवा तालिम विभाग प्रमुख त्रिलोचन पोखरेलले निजामती सेवाको मूल्य–मान्यताअनुरुप सेवा प्रवाह गर्ने क्षमतालाई गुणस्तरीय, प्रश्नविहीन र उच्च मूल्याङ्कन योग्य बनाउन आग्रह गर्नुभयो ।

दीक्षान्त भएकाहरूका तर्फबाट अधिकृत पवित्रा रानाले चारमहिने तालिमले जनसेवाप्रति जिम्मेवार, जवाफदेही र उत्तरदायी बनाएको बताउनुभयो । प्रशिक्षण गत पुस २ गतेबाट सञ्चालन भएको थियो ।  रासस