८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण
अ अ+ अ-

काठमाडौँ। काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा स्कुटर फेला पारी आज सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको छ ।

उपत्यकाका विभिन्न स्थानबाट हराएका सवारीसाधन खोजतलास गरी वास्तविक वा नक्कली नम्बर प्लेटमा १७ वटा स्कुटर र ३३ वटा मोटरसाइकल फेला पारेर आज एकैपटक सवारीधनीलाई हस्तान्तरण गरिएको उपत्यका ट्राफिक प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले सवारी सुरक्षाका विषयमा सचेत रहन आग्रह गर्दै भन्नुभयो, “सवारीसाधनमा जिपिएस प्रणाली जडान गर्ने, बलियो लक प्रयोग गर्ने र सुरक्षित स्थानमा पार्किङ गर्ने बानी विकास गर्न जरुरी छ । यसले चोरीका घटना न्यूनीकरण गर्न मद्दत पुर्याउँछ ।”

यसैगरी, ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले हराएका सवारीसाधन खोज्न विशेष टोली परिचालन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार कतिपय सवारी नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालन भइरहेको अवस्थामा फेला पारिएका थिए । यस्ता गतिविधिमाथि कडा निगरानी राखिएको र दोषीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको पनि उहाँले बताउनुभयो । रासस