१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिसुपर्व मनाउन घर फर्कँदै नेपाली



फाइल फोटो
अ+ अ-

कैलाली। सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारततर्फ गएका सर्वसाधारण केही दिनयता धमाधम घर फर्कन थालेका छन् ।

कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारीका लागि भारतका विभिन्न सहर गएकाहरू पर्व नजिकिएसँगै नेपाल भित्रिने क्रम बढेको सीमास्थित सशस्त्र प्रहरी बल नेपाल चेक पोष्टले जनाएको छ ।

सो चेक पोष्टका अनुसार भारतका विभिन्न सहरबाट दिनहुँ एक हजार बढी नेपाली भित्रिरहेका छन् । चाडपर्व नजिएकाले भारत जानेभन्दा पनि नेपाल फर्किनेको सङ्ख्या धेरै छ ।

लामो समयदेखि दिल्लीको होटलमा काम गर्दै आउनुभएका डोटीको आदर्श गाउँपालिका घर भएका डम्बरबहादुर खड्काले बिसु मनाउनकै लागि घर फर्केको बताउनुभयो ।

“बिसुपर्व अर्थात् नयाँ सालमा परिवारका सदस्यहरूबीच एकसाथ भेटघाट हुने र मीठामीठा स्थानीय खानाका परिकार खाई रमाइलो गर्ने गरिन्छ”, खडकाले भन्नुभयो, “जसले घरबाहिर लामो समयसम्म एक्लो भएर बस्नुपरेको दुःख भुल्न सहयोग गर्छ ।”

भारतको कानपुरमा रोजगार गरी घर फर्कँदै गरेका कैलालीको ओलानीका हरि आउजीले पनि पारिवारिक भेटघाट तथा बिसु मनाउन घर फर्केको बताउनुभयो । रोजगारीका लागि छिमेकी मुलुक भारत जाने सर्वसाधारण कोही छोटो समय त कोही लामो समयका लागि जाने गर्दछन् ।

खेतीपाती भएकाहरु आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिञ्जेल भारतमा काम गर्न जाने र बाली भित्र्याउने समयमा घर आउने गरिएको पाइन्छ । खेतीपाती नहुनेहरु लामो समयको अन्तरालपछि विशेषगरी चाडपर्वकै बेलामात्र घर फर्कने गर्दछन् ।

सूदुरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका अधिकांश मानिस रोजगारीका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाव, हरियाणा, बैङ्गलोरलगायत ठूला सहरमा जाने गर्दछन् । रासस




भर्खरै