५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२’ को ट्रफी मातातीर्थलाई



अ+ अ-

काठमाडौँ। ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२’ को ट्रफी राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थले जितेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज सम्पन्न भएको प्रतियोगितामा आठ स्वर्ण, पाँच रजत र चार कास्य गरी कुल १७ पदकसहित मातातीर्थ प्रथम भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँ सात स्वर्ण, आठ रजत र छ कास्य कास्यसहित द्वितीय र नं १ बराह बाहिनी मुख्यालय सुनसरी चार स्वर्ण, दुई रजतसहित तृतीय भएको छ ।

प्रतियोगिताको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रथम हुन सफल टोलीका तर्फ प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापालाई ट्रफी तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।

उहाँले सशस्त्र प्रहरी बल नेपालले आफ्नो मुख्य जिम्मेवारीका अतिरिक्त खेलकुद क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएको बताउँदै यस्ता प्रतियोगिताले सङ्गठनभित्र लुकेका प्रतिभाहरूलाई पहिचान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल एपीएफ क्लबको आयोजनामा यही चैत २४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान र सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालय गरी नौ वटा टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा फुटबल, भलिबल र एथलेटिक्स विधाका खेलहरू समावेश गरिएका थिए ।