१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरौल गोल्डकपको उपाधि आरटीएफसी मलेसियालाई



अ+ अ-

सुनसरी। नवौँ अन्तरराष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आरटीएफसी मलेसियाले जितेको छ ।

आज सम्पन्न फाइनल खेलमा आरटीएफसी मलेसियाले मोरङको पथरी–११ फुटबल क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधिसँगै आरटीएफसीले नगद चार लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता पथरी–११ फुटबल क्लबले नगद दुई लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष भेषराज कार्कीले जानकारी दिए ।

प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी पथरी–११ का मिलन राई घोषित भएका छन् । उनले रु २५ हजार नगद पुरस्कार प्राप्त गरे । यही चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा दुई विदेशी टोलीसहित आठ टोलीको सहभागिता रहेको थियो । रासस




भर्खरै