८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न

नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
अ अ+ अ-

रसिया। नेपाली नयाँ वर्ष २०८३ का अवसरमा रुसको राजधानी मस्कोस्थित नागोर्नाया सांस्कृतिक केन्द्रमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् रुसको आयोजनामा आइतबार सम्पन्न सो कार्यक्रममा कलाकारहरु रामजी खाँड, भूमिका गिरीलगायतले गीत सङ्गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा करिब ३०० नेपाली सहभागी थिए । कार्यक्रममा सहभागी नेपालीहरू ती कलाकारका साङ्गीतिक प्रस्तुतिसँगै रमाए ।

कार्यक्रमका प्रमुख अतिथि रसियाका लागि नेपालका कार्यवाहक राजदूत महेश्वरमणि त्रिपाठीले रुसमा कोभिड–१९ को महामारीपछि नेपालबाट कलाकार ल्याएर गरिएको यो कार्यक्रम पहिलो भएको उल्लेख गर्नुभयो । उहाँले यसप्रकारका कार्यक्रमले परदेशमा पनि नेपाली कला र संस्कृति जोगाउन सहयोग पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालीहरु नेपालबाट बाहिर गए पनि आफ्नो हृदयबाट नेपालीपनलाई कहिल्यै भुल्न सक्दैनन्, यो कार्यक्रम त्यसैको प्रतिफल हो । नयाँ वर्षको अवसरमा आयोजना गरिएको यो कार्यक्रमले आगामी दिनमा पनि निरन्तरता पाउनेमा आशावादी छु ।”

त्यस अवसरमा एनआरएनए रुसका अध्यक्ष सिताराम कट्टेल (मिलन)ले कार्यक्रम आयोजनाका लागि सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिनुभयो । उहाँले यस्तो कार्यक्रम आगामी दिनमा पनि आयोजना गरिने र यसका लागि सबैको साथ सहयोग आवश्यक रहने बताउनुभयो । उहाँले लामो समयपछि ठूलो मेहनतका साथ सांस्कृतिक कार्यक्रम आयोजना गर्न सफल भएको बताउनुभयो ।

एनआरएनएका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक संज्ञान कार्कीले विदेशमा नेपाली कला र संस्कृतिलाई जोगाइराख्न र यसको प्रवर्द्धनका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले आगामी दिनमा पनि यसप्रकारका कार्यक्रम आयोजना गरी नेपाली भाषा, कला र संस्कृति प्रवर्द्धन गर्ने बताउनुभयो ।

त्यस अवसरमा नेपालबाट यहाँ आएका कलाकारका साथै रुसमा रहेका नेपालीहरुले नेपाली संस्कृति झल्कने गीत र नृत्य प्रस्तुत गर्नुभएको थियो । रासस