८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

परराष्ट्रमन्त्री शिशिर खनालको कति छ सम्पत्ति?

परराष्ट्रमन्त्री शिशिर खनालको कति छ सम्पत्ति?
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। रास्वपाका नेता तथा परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ।

उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको उल्लेख छ । परराष्ट्रमन्त्री खनालको काठमाडौंको टोखा नगरपालिका–१० मा ६ आनामा बनेको घर रहेको छ ।

जग्गाजमिनतर्फ उनको पुर्ख्यौली तथा स्वआर्जित सम्पत्ति तीन जिल्लामा फैलिएको छ। तनहुँको भानुमा १५ रोपनी पुर्ख्यौली जग्गा, नवलपरासी पूर्वको देवचुलीमा १२ रोपनी र बाँकेको नेपालगन्जमा २ कठ्ठा जग्गा रहेको उल्लेख गरिएको छ।

नगद तथा जिन्सी सम्पत्तिमा उनीसँग २२ तोला सुन र २५ तोला चाँदी रहेको छ भने १० लाख रुपैयाँ नगद मौज्दात रहेको विवरणमा उल्लेख छ।

परराष्ट्रमन्त्री खनालको पाँच बैंकमा नगद रहेको छ । जसमा एमएमबि बैंकमा ३ लाख २० हजार रुपैयाँ, नबिल बैंकमा २ लाख १ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा २ लाख ६८ हजार रुपैयाँ, एनआईसी एशिया बैंकमा ४ लाख ५१ हजार रुपैयाँ र ग्लोबल आइएमई बैंकमा १७ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, अच्युता अधिकारीको नाममा एभरेष्ट बैंकमा ४३ हजार रुपैयाँ र नबिल बैंकमा ४ हजार रुपैयाँ रहेको उल्लेख गरिएको छ । उनकै नाममा एक दर्जन कम्पनीमा शेयर लगानी रहेको उल्लेख छ ।

त्यस्तै बीपीडब्ल्यू लघुवित्त, ओम मेघश्री फर्मास्युटिकल्स, ग्लोबल आइएमई बैंकलगायत विभिन्न जलविद्युत तथा सार्वजनिक कम्पनीहरूमा पनि उनको लगानी रहेको छ।

सवारी साधनतर्फ उनले करिब ४० लाख रुपैयाँमा खरिद गरेको गाडी प्रयोग गरिरहेका छन् । उनले ७५ लाख ऋण रहेको पनि खुलाएका छन्।