१८ भाद्र २०८३, बिहीबार
,
Latest
कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा जितालीको कवितासङ्ग्रह ‘शास्त्रीय छन्दका छाँगा’ विमोचन



अ+ अ-

काठमाडौँ, २९ चैतः वरिष्ठ कवि तथा गीतकार डा बमबहादुर थापा ‘जिताली’को कवितासङ्ग्रह ‘शास्त्रीय छन्दका छाँगा’ विमोचन गरिएको छ ।

राष्ट्र, राष्ट्रियता, प्रकृतिप्रेमलाई कवितामार्फत प्रस्तुत गरिएको उक्त कवितासङ्ग्रहको आज लमजुङका प्रतिनिधिसभा सदस्य धर्मराज केसी, पूर्वराजदूत प्राडा जयराज आचार्य, नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्मा, मर्स्याङ्दी वाङमय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले संयुक्त रूपमा विमोचन गर्नुभयो ।

कार्यक्रममा लमजुङका सांसद केसीले नेपाली भाषा, साहित्य र वाङ्मयको विकासमा कवि जितालीले खेल्नुभएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले साहित्यिक क्षेत्रको विकासका लागि सरकारले सकारात्मक काम गर्ने उल्लेख गर्नुभयो ।

पूर्वराजदूत डा आचार्यले डा जितालीको कविता सुस्वादयुक्त, रसिला, कसिला र पोसिला भएको बताउनुभयो । कविता सङ्ग्रहको समीक्षा गर्दै पद्मकन्या क्याम्पसका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले कवितासङ्ग्रहभित्र ‘देशप्रेम’, ‘भाषा प्रेम’, ‘छन्द प्रेम’, ‘प्रकृतिप्रेम’, ‘युवाप्रेम’ भाव झल्किएको बताउनुभयो ।

लामो समय रेडियो नेपालमा जागिर गरेर अवकाश हुनुभएका डा जितालीको ‘वसुन्धरा’, ‘धोती न टोपी’, ‘छत्तिस छन्दका छहरा’, ‘आलुमूला’, ‘आँसुका धारा’, ‘जहाँ छन् बुद्धका आँखा’जस्ता दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।  रासस