८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

छानो बिग्रिएपछि मर्मत गरिँदै भैरवको रथः नौ दिनसम्म बिस्केट जात्रा मनाइने

छानो बिग्रिएपछि मर्मत गरिँदै भैरवको रथः नौ दिनसम्म बिस्केट जात्रा मनाइने
अ अ+ अ-

भक्तपुर। विश्वनाथ भैरवको रथको अगाडि रहेको बेताल देवताको केही भाग बिग्रिएका छन् ।

यस वर्ष नयाँ पित्तल जोडेर तयार पारिएको प्यागोडा शैलीको भैरवको तीनतले रथको पहेलो टल्किने छानोको तीन वटै तह भत्किएपछि मर्मत गरिँदै छ । रथको चुकुल र रथमा जडित केही सामान फुुस्किएपछि मर्मत थालिएको हो ।

भैरवको उक्त रथ चैत मसान्तको दिन पूजा गरी तानेर ल्यासिंखेल पु¥याएपछि सोही दिनको अपराह्न ५५ हात लामो नाङ्लो जत्रोफेद भएको विश्व ध्वजा जडित लिङ्गो तान्त्रिक विधिअनुसार पूजा गरी उठाउने परम्परा रहेको गुठी संस्थानको कार्यालय भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले बताउनुभयो ।

उक्त रथलाई पूरै तयार पार्न यतिखेर गुठी संस्थानको कार्यालय भक्तपुरलाई भ्याइनभ्याइ भएको उहाँको भनाइ छ । भोलि ३० गते जात्रा सञ्चालन गर्नका लागि रथलाई तयार पार्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

यही चैत २७ गते टौमढीबाट भैरवको रथ तानेर राति दत्तात्रय पु¥याउने र त्यहाँबाट फर्काएर वंशगोपाल पु¥याई त्यहाँबाट पनि फर्काएर बिहान करिब ३ः०० बजे गःहिटी ल्याइपु¥याउँदा रथको छानो बिग्रिसकेको थियो ।

नौ दिन आठ रात यसरी मनाइन्छ जात्रा 

भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट अर्थात् बिस्काः जात्रा यहाँका नेवार समुदायले ठूलो पर्वका रूपमा मनाउने गर्दछन् । बिस्केट जात्रामा आफन्तलाई भोज खान पाहुना बोलाउने, आफ्ना परिवार पनि अन्यत्र भोजमा जाने र स्वदेशका विभिन्न ठाउँमा रहेका तथा विदेशमा रहेका आफन्त र परिवारका सदस्य यो जात्रामा घर फर्केर आउने गर्दछन् ।

प्राचीनकालदेखि चल्दै आएको बिस्का जात्रामा नकिंजु (खुसिं) अजिमा भद्रकालीको द्यःखः (रथ) जात्रा थप गरेपछि पनि पुनः काशी विश्वनाथ भैरवको जात्रामा समावेश गरी बिस्का जात्रा सञ्चालन गर्दै आएको भक्तपुरवासीले मोहनी नखः(पर्व) पछिको प्रमुख चाडका रूपमा मनाउँदै आएको गुठी संस्थान कार्यालयका प्रमुख कर्माचार्यले बताउनुभयो ।

जात्राको पहिलो दिन भैरवनाथको रथ तान्ने र (क्वने) तल्लो क्षेत्र टौमढी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वंशगोपाल, तेखापुखु र ठने (माथिल्लो क्षेत्र) क्वाछे, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रय स्थानसम्म रथ तानेर पुनः सोही स्थानमा फर्काइन्छ । भैरव र भद्रकालीको रथजात्रा गरी अन्तमा गःहिटीमा रथ पु¥याई पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ ।

रथको अगाडि भागमा छ वटा र पछाडि चार वटा लामो लठारो (डोरी) समातेर दुवै तर्फका जात्रालुहरूले रथलाई ‘होस्से..हैसे…हा..हा..’ गर्दै आफ्नो तर्फ तानेर जात्रा मनाउँछन् । “रथ तान्ने जात्रामा हजारौँ स्थानीयले रथको अगाडि पछाडि डोरी तानातान गरेर आ–आफ्नो टोलमा लैजान खोज्छन् । रथ तानातान गर्नु यस जात्राको मुख्य आकर्षक हो । बिस्केट जात्राको पहिलो दिनलाई द्यो क्वहाँ विजाइगु (देवता तल्ल आगमन हुने) भनिन्छ । त्यस दिन बेलुकी सम्पूर्ण देवगण आ–आफ्ना देवगृहको आसनबाट तल विराजमान हुन्छन् वा गराइन्छन् । यसलाई स्थानीय भाषामा द्यःक्वहाँ बिज्याकेगु भन्ने गरिन्छ”, उहाँले भन्नुभयो ।

दोस्रो दिन भद्रकाली रथलाई गःहिटीस्थित खलाटोलमा अजिमा द्योछें (भद्रकाली देवघर) मा पु¥याइन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपुजाको मासु प्रसादका रूपमा लाकुलाछेबासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा स्याःको त्याःको भनिन्छ ।

बिस्केटको चौथो दिन अर्थात् पुरानो वर्षको अन्तिम दिन चैतको ३० गते बिहान तालाक्वस्थित कुमाले टोलमा हात नभएको लिङ्गो (ल्हामरु म्ह) उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो उभ्याइन्छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्गो उभ्याउने परम्परा रहिआएको गुठी संस्थानले जनाएको छ ।

“भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हातहरू नौलो कपडाले बेरिएको हुन्छ । लिङ्गो कोखामा झुन्ड्याइएका दुई ध्वजाहरूलाई वीरध्वजा, विश्वध्वजा आकाशभैरवका ध्वजा भनिन्छ । एकजोडी ध्वजाहरू फुकाएपछि एउटा संवत्सर फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता छ”, गुठी संस्थान कार्यालयका प्रमुख कर्माचार्यले भन्नुभयो ।

लिङ्गो उभ्याउन बाँधिएका आठ वटा डोरीलाई अष्टमात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण यहाँ उपस्थित हुन्छ । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको उहाँले जानकारी दिनुभयो । बिस्केट जात्रा हेर्नाले शत्रुहरू नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिने गुठी संस्थान कार्यालयका प्रमुख कर्माचार्यले बताउनुभयो । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पु¥याइन्छ र लिङ्गो उठ्नासाथ स्थानीयले बाराहीदेवीको तिंप्वा जात्रा मनाउँछन् ।

बिस्केटको पाँचाँै दिन नयाँ वर्ष अर्थात् वैशाख १ गतेका दिन लिङ्गो ढालिन्छ । त्यसको लगत्तै खँला टोलमा (रथ जुधाउने टोलमा) भैरवनाथ र भद्रकालीको रथलाई एकापसमा जुधाइने परम्परा छ । यसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ । साँझपख दुमाजु देवीको जात्रा गरिन्छ । लिङ्गो उभ्याउने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधिविधान थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको इतिहास तथा संस्कृतिविद्हरू बताउँछन् ।

जात्राको छैँटो दिन नगरको मध्यभागमा महाकाली र महालक्ष्मीको खट जुधाउने जात्रा, सातौँ दिन ब्रम्हायणी र महेश्वरीको तिप्वाजात्राका साथ खट जुधाउने जात्रा हुन्छ । जात्राको आठौँ दिन भक्तपुर नगरमा रहेका सम्पूर्ण देवीदेवताको सगुणसहित पूजा गरिन्छ । यसलाई स्थानीय भाषामा द्यो स्वंगँ बिइगु भनिन्छ ।

बिस्केट जात्राको अन्तिम दिन अर्थात् वैशाख ५ गते भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा समापन हुन्छ । यस दिनलाई स्थानीय भाषामा द्यो (देवता) थाहा बिज्याइगु अर्थात् देवतामाथि सवार हुने भनिन्छ । यस दिन बिस्केट जात्रा पहिलो दिनजस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर सम्पन हुने गर्दछ । जात्रा अवधिमा भक्तपुर नगरभित्रका सम्पूर्ण अष्टमातृका देवी, गणेश, भैरव, कुमारीलगायत देवदेवीहरूको जात्राले नगर शोभायमान हुन्छ । भक्तपुरका चारवटै नगरपालिकामा अहिले बिस्केट जात्रा भव्यताका साथ मनाउन थालिएको छ । रासस