१८ भाद्र २०८३, बिहीबार
,
Latest
इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा आर्थिक गणनाका लागि ९७ कर्मचारी खटिने



अ+ अ-

बाँके। आगामी वैशाख २ गतेदेखि सञ्चालन हुने दोस्रो आर्थिक गणनाका लागि बाँकेमा ९७ कर्मचारी खटिने भएका छन् ।

बाँकेका आठ स्थानीय तहका ८१ वडामा दोस्रो आर्थिक गणनाका लागि ८६ गणक र ११ जना सुपरीवेक्षक गरी ९७ कर्मचारी खटिने जिल्ला आर्थिक गणना अधिकारी अवधेशकुमार शुक्लाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गणक र सुपरीवेक्षकलाई तालिम दिनेलगायत आवश्यक सबै तयारी पूरा भएको छ । यो गणनाले मुलुकको आर्थिक नीति, योजना तथा विकास रणनीति निर्माणका लागि आधारभूत र भरपर्दो तथ्याङ्क उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्नेछ । विसं २०७५ मा सम्पन्न पहिलो राष्ट्रिय आर्थिक गणनामा देशैभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान तथा व्यवसाय गणना गरिएको थियो । ती प्रतिष्ठानमा ३२ लाख २८ हजार ४५७ जना संलग्न रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो ।

“अन्तरराष्ट्रिय औद्योगिक वर्गीकरणअनुसार अर्थतन्त्रलाई २१ क्षेत्रमा विभाजन गरिएको भए पनि यस राष्ट्रिय आर्थिक गणनामा १८ वटा आर्थिक क्षेत्रमा आधारभूत विवरण सङ्कलन गरिनेछ”, आर्थिक गणना अधिकारी शुक्लाले भन्नुभयो, “यसमा दर्ता भएका वा नभएका ठूलासाना उद्योग, व्यापार–व्यवसाय, सेवा क्षेत्र, गैरसरकारी संस्था, सरकारी संस्थान, विद्यालय, अस्पताललगायत आर्थिक क्रियाकलाप गरिरहेका एकाइ समेटिने छ ।”

जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले मुलुकको आर्थिक नीति, योजना तथा विकास रणनीति निर्माणका लागि आधारभूत र भरपर्दो तथ्याङ्क उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यस कार्यमा नागरिकस्तरबाट पनि सहयोग र समन्वय हुुनुपर्ने बताउनुभयो । रासस