८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

विराट गोल्ड कप फुटबल प्रतियोगिताः झापा विजयी

विराट गोल्ड कप फुटबल प्रतियोगिताः झापा विजयी
अ अ+ अ-

मोरङ। विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबारदेखि सुरु भएको पहिलो उद्घाटन खेलमा झापा-११ विजयी भएको छ।

विराट गोल्डकप फुटबल ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालाको फ्लड लाइटमा (रात्रिकालीन) नकआउट आधारमा भएको पहिलो खेलमा झापाले नेपाल आर्मीलाई २-१ गोलले पराजित गरेको हो ।

झापाका खेलाडीले फागुराम थारूले खेलको १०औँ र ४४औँ  मिनेटमा गोल गरेका थिए भने आर्मीका तर्फबाट खेलको २३औँ मिनेटमा नवीन लामाले एक गोल फर्काएका थिए ।

शनिबारको खेलमा उत्कृष्ट बनेका झापाका फागुराम थारूले नगद रु ११ हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिता आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल र भारतका गरी आठ समूहले सहभागिता जनाएका छन् ।

‘फुटबलको पर्व, विराटनगरको गर्वः विराट गोल्डकप’ नाराका साथ सञ्चालन भइरहेको प्रतियोगितामा नेपाल पुलिस क्लब (काठमाडौँ), त्रिभुवन आर्मी फुटबल क्लब (काठमाडौँ), मच्छिन्द्र फुटबल क्लब (काठमाडौँ), नेपाल एपिएफ फुटबल क्लब (काठमाडौँ), चर्च ब्वाइज युनाइटेड फुटबल क्लब (काठमाडौँ), सम्राट स्र्पोटिङ क्लब (विराटनगर), झापा–११ फुटबल क्लब (झापा) र भारत  झारखण्डको विर्षामुण्डा फुटबल एकेडेमी सहभागी छन् ।

ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार विराटनगर गोल्डकपको ३८औँ संस्करणमा विजेता हुने समूहले रु ११ लाख, उपविजेताले रु पाँच लाख, उत्कृष्ट प्रशिक्षकलाई रु १५ हजार, उत्कष्ट गोलरक्षकलाई रु १५ हजार, सर्वाधिक गोलकर्तालाई रु १५ हजार, सर्वोकृष्ट खेलाडीलाई रु ५१ हजार र दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद रु ११ हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिता सम्पन्न गर्न रु एक करोड खर्च लाग्ने अनुमान गरिएको ट्रष्टका महासचिव विनोद बस्नेतले बताउनुभयो । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले प्रतियोगिताको उद्घाटन गर्दै प्रदेशमा खेलकुद क्षेत्रको विकासलाई सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

आजको खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने आयोजकले जनाएको छ ।  रासस